
काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले प्रतिकूल बकपत्र गरेको आरोपमा सरकारी साक्षीविरुद्ध मुद्दा दायर गरेको छ
आयोगले चितवनको भरतपुर महानगरपालिका वडा नम्बर २६ बस्ने नन्दलाल पौडेलविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको हो । पौडेलले विशेष अदालतमा प्रतिकूल बकपत्र गरेपछि उनीविरुद्ध शुक्रबार विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरिएको अख्तियारका प्रवक्ता नरहरि घिमिरेले जानकारी दिनुभयो । घुस लिई भ्रष्टाचार गरेको अभियोगमा अमृता कोइरालासहित प्रतिवादी रहेको मुद्दामा आयोगले पौडेललाई सरकारी साक्षी बनाएको थियो ।
उक्त भ्रष्टाचार मुद्दाको अनुसन्धानका क्रममा अनुसन्धान अधिकृतलाई सहयोग गरेको कारण पौडेललाई सजायमा छुट दिई सरकारी साक्षीका रूपमा पेश गरिएको थियो ।
तर, विशेष अदालतमा बकपत्र गर्दा आयोगमा अनुसन्धानका क्रममा गरेको बयानको प्रतिकूल हुने गरी बकपत्र गरेकाले उनीविरुद्ध पनि मुद्दा दायर गरिएको अख्तियारले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।
पौडेलले सञ्चालन गरेको एप्लस मेडिकोबाट बीपी कोइराला मेमोरियल क्यान्सर अस्पताल( भरतपुर, चितवनमा औषधि सप्लाइ गरेबापत प्राप्त गर्नुपर्ने भुक्तानी रकमका लागि प्रतिवादी अमृता कोइरालाले १ लाख ५० हजार रुपैयाँ नगद र ४ लाख ५० हजारको चेक गरी जम्मा ६ लाख रुपैयाँ घुस लिएको पाइएको थियो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच