
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले देशको शिघ्र विकासका लागि सरकारले काम गरिरहेको बताउनुभएको छ ।
शुक्रवार सिद्धबाबा सुरुङमार्ग योजनाको सुरुङ ब्रेक थ्रु समारोहलाई सिंहदरबारबाट भर्चुअलमाध्यमबाट सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो ।
उहाँले पछौटेपनहरुलाई चिर्दै जाने र उपलब्धिहरुलाई जोड्दै लगेर समृद्ध देश बनाउने काममा अहिलेको सरकार लागेको बताउनु भयो । उहाँले अहिलेको सरकार विकास,स्थायित्व र स्थिरताका लागि बनेको बताउनु भयो । अघिल्लो कार्यकालमा शुरु भएका कामहरु अहिले पुनः शुरु गरिएको बताउनु भयो ।
उहाँले सबै एकजुट हुनसके देश बन्न समय नलाग्ने बताउनु भयो । देशको शिघ्र विकास र सुशासनका लागि अहिलेको सरकार अघि बढेको बताउनु भयो ।
प्रधानमन्त्री ओलीले भन्नुभयो, ‘स्थानीय जनता, जसले यस सुरुङ मार्गको निर्माणका लागि सरकारलाई झक्झकाउने काम, हामी सबैलाई झक्झकाउने काम र छिटो गर्नका लागि प्रेरित र प्रोत्साहित गर्नुुभएको छ, म उहाँहरुलाई पनि धन्यवाद भन्न चाहन्छुु । यो हामी सबैको सफलता हो । यस्तै सफलता जोड्दै गएर नेपाल एउटा सफलताको देश हुनेछ । यस्तै उपलब्धिहरुलाई जोड्दै गएर उपलब्धिको देश हुनेछ । यस्तै पछौटेपनहरुलाई चिर्दै जाने घटनाहरुबाट, उपलब्धिहरुबाट जोडिंदै गएर पछौटेपन समाप्त पारिएको देश हुनेछ । हामी आशावादी बन्न सक्नुुपर्दछ । अहिलेको सरकार विकासका लागि बनेको छ । यो सरकार स्थायित्व र स्थिरताका लागि बनेको छ । यो सरकारले विकासका कामलाई तिब्रताका साथ अगाडि बढाउँछ । अहिले अघिल्लो पटक शुुरु भएका कामहरु अगाडि बढेका छन् । अहिले नेपाली काँग्रेस र नेकपा एमालेको संयुक्त सरकारले अत्यन्तै ध्यान दिएर देशको शिघ्र विकास कसरी गर्न सकिन्छ, देशमा सुशासन कसरी ल्याउन सकिन्छ भन्ने कुरामा विशेष रुपमा यसले ध्यान दिइरहेको छ । यी कुराहरुमा तल्लीन भएर जनतालाई सेवा सुविधा कसरी पुु¥याउन सकिन्छ भन्ने कुरामा ध्यान दिएर नै अहिलेको सरकार अगाडि बढेको छ । तसर्थ, म सबैलाई आशावादी हुन, हामी बनाउँछौं हाम्रो देश, अरुले बनाउने होइन, हामीले आफैँ बनाउँछौं, हामी अरुको पनि सहयोग लिन सक्छौं, अरुको लगानी आमन्त्रण गर्न सक्छौं, अरुको अनुकुलता, हाम्रो अनुुुकूलता र आवश्यकता, प्राथमिकतामा अरुका लोनहरु पनि आवश्यकता अनुसार स्वीकार गर्न सक्छौं । जसरी होस् हाम्रो देशलाई फाइदा हुने, हाम्रो देशको शीघ्र विकास हुने कुरामा हाम्रो ध्यान जानेछ र गइरहेको पनि छ । यसर्थ हाम्रो देशको विकास सम्भव छ, छिटो हुन्छ । यो देशसँग अहिले पनि युुवा जनशक्ति छ, स्रोत साधन छन्, हाम्रा प्रयासहरु र हाम्रा मित्रहरुका साथ सहयोगले हामी छिटै अगाडि बढ्न सक्ने छौं ।’
प्रधानमन्त्री ओलीले देशलाई फाइदा हुने, देशको शिघ्र विकास गर्नेगरी सरकारले काम गरिरहेको बताउनु भयो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच