
सिड्नी । २४ पटकका ग्राण्ड स्लाम च्याम्पियन नोभाक जोकोभिच अष्ट्रेलियन ओपन-२०२५ को सेमिफाइनलबाट बाहिरिनुभएको छ । सर्बियाली खेलाडी जोकोभिचले चोटका कारण शुक्रबार चलिरहेको खेल बीचमै छोड्नुभएको हो । उहाँले खेल बीचमै छोडेपछि प्रतिद्वन्द्वी विश्व नम्बर-२ अलेक्ज्याण्डर ज्वेरेभले वाकओभर पाउनुभयो । उहाँ पहिलोपटक ग्राण्ड स्लामको फाइनलमा पुग्न्ुभएको हो । ज्वेरेभले अहिलेसम्म एउटा पनि ग्राण्ड स्लाम जित्नुभएको छैन । विश्व नम्बर दुई अलेक्जेन्डर ज्वेरेभ आफ्नोे पहिलो ग्राण्ड स्लाम उपाधिको खोजीमा हुनुहुन्छ । दोस्रो सेमिफाइनल विश्व नम्बर एक जानिक सिन्नर र अमेरिकाका बेन शेल्टनबीच खेलिनेछ ।
मेलबर्नको रड लेभर एरिनामा भएको पहिलो सेटमा जोकोभिच ७-६ ले पराजित हुनुभएको थियो । जोकोभिच अष्ट्रेलियन ओपनमा सबैभन्दा सफल पुरुष एकल खेलाडी हो । उहाँले १० पटक उपाधि जितिसक्नुभएको छ ।
अष्ट्रेलियन ओपन १९०५ देखि खेलिँदै आएको छ । अष्ट्रेलियाको लन टेनिस संघले १९०५ मा यो प्रतियोगिता सुरु गरेको थियो । टेनिसमा चारवटा ग्राण्ड स्लाम हुन्छन् । जनवरीमा हुने अष्ट्रेलियन ओपनबाट सुरु हुने चारैवटा प्रतियोगिता वार्षिक रूपमा आयोजना गरिन्छन् ।
फ्रेन्च ओपन मे र जुनमा हुन्छ । विम्बल्डन जुलाईमा र युएस ओपन अगस्ट–सेप्टेम्बरमा हुन्छ । युएस ओपन वर्षको अन्तिम ग्राण्ड स्लाम हो । एजेन्सी ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच