
काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा)ले नेपाली राष्ट्रिय पुरुष फुटबल टोलीको मुख्य प्रशिक्षकमा म्याथ्यु रसलाई नियुक्ति गर्ने भएको छ । स्पेनका युयान्डे रामोस, स्पेनकै युलियन गुइएरो, फ्रान्सका रेने लोबेलो र इंग्ल्याडण्का जेमी डेमध्ये रसलाई नेपाली राष्ट्रिय टोलीको जिम्मेवारी दिने तयारी गरेको हो ।
अष्ट्रेलियन नागरिक रस ‘युइएफए प्रो लाइसेन्स’ मान्यताप्राप्त प्रशिक्षक हो । रससँग दक्षिण कोरिया राष्ट्रिय महिला टोलीको जिम्मेवारी सम्हालेको अनुभव छ । उहाँ २०२० देखि २०२३ सम्म कोरियाको मुख्य प्रशिक्षक हुनुहुन्थ्यो । त्यस्तै रससँग स्विडिश महिला शीर्ष डिभिजन क्लब भिन्सो जियाकेलाई प्रशिक्षण दिएको अनुभव पनि छ । औपचारिक घोषणा हुन भने बाँकी छ । उहाँ आफ्नो जीवनसाथीका साथ नेपाल आइसक्नुभएको छ ।
नेपाली राष्ट्रिय पुरुष टोली आठ महिना यता मुख्य प्रशिक्षकविहीन थियो । पूर्वप्रशिक्षक भिन्सेन्जो अल्बर्टो एनेसको कार्यकाल जेठ अन्तिममा सकिएको थियो । एनेसको सम्झौता नवीकरण नगरेको एन्फाले गत मंसिरमा सम्पन्न ताजकिस्तान र अफगानिस्तानसँगको त्रिदेशीय कपमा नवीन न्यौपानेलाई अन्तरिम प्रशिक्षकको जिम्मेवारी दिएको थियो । विश्वभरबाट चार सयको आवेदन परेकोमा एन्फाले सुरुमा २० जनाको छनोट गरेको थियो । त्यसपछि २० बाट पाँचजना छानिएको थियो । तिनै पाँचबाट रसलाई नियुक्त गर्ने तयारी गरिएको हो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच