
काठमाडौं । आईसीसी यु-१९ विश्वकप क्रिकेटमा नेपालले आफ्नो अन्तिम खेलमा मलेसियाले सहजै पराजित गरेको छ । मलेसियाले दिएको ४६ रनको लक्ष्य नेपालले ११ ओभरमा तीन विकेटको क्षतिमा पूरा गरेको हो । नेपालको जितमा कप्तान पूजा महतोले नटआउट २३ रन बनाउनुभयो । उहाँले ३२ बलमा चार चौका प्रहार गर्नुभएको थियो । ओपनर साना प्रभिन एक रन र सावित्री धामी तीन रनमै आउट हुनुभएको थियो । ज्योत्स्निका मरासिनीले सात बलमा सात रन बनाउँदा सीमाना केसी चार रनमा अविजित रहनुभएको थियो । मलेसियाका लागि तीनवटै विकेट मास्र्याले लिनुभएको हो ।
त्यसअघि जोहर क्रिकेट एकेडेमी ओभलमा नेपालले टस जितेर फिल्डिङ रोजेपछि पहिले ब्याटिङ गरेको मलेसिया १६.५ ओभरमा ४५ रन बनाउँदा अलआउट भएको थियो । मलेसियालाई चार ओभर खेल्न बाँकी हुँदै अलआउट गर्दा नेपालकी कप्तान पूजा महतोले चार तथा रचना चौधरीले तीन विकेट लिनुभएको थियो । सीमाना केसी र रिया शर्माले समान एक विकेट लिँदा एक विकेट रन आउट गराएको थियो ।
मलेसियाका लागि नुरिमानले १५ रन बनाउनुबाहेक कुनै पनि ब्याटरले पाँच रनमाथि बनाउन सकेनन् । मलेसियाका तीन ब्याटर शून्य रनमै आउट भए । नूर इज्जातुल स्याफिका चार तथा ऐन र ब्याट्रिसियाले समान एक रन बनाउनुभयो । त्यसअघि नुनीले चार रन बनाउँदा हुस्ना र कप्तान नूर दानिया सुहादाले समान पाँच रन बनाउनुभयो । नेपालका कप्तान पूजा प्लेयर अफ द म्याच बन्नुभयो ।
प्लेअफपछि चार टोलीको १३ औंदेखि १४औं स्थानसम्म तय हुनेछ । १२ टोली भने दुई समूहको सुपर ६ मा पुगेका छन् । यो जितसँगै नेपालको विश्वकप यात्रा समाप्त भएको छ । नेपालले यसअघि तीन खेलमा बंगलादेश, स्कटल्याण्ड र अष्ट्रेलियासँग पराजय व्यहोरेको थियो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच