
भक्तपुर । नेपाल भाषाका प्रसिद्ध कवि त्रिरत्न शाक्यको निधन भएको छ । ७४ वर्षीय शाक्यको हृदयाघातका कारण भक्तपुरस्थित निवासमा निधन भएको हो । युद्धप्रसाद मिश्र स्मृति प्रतिष्ठानका संस्थापक अध्यक्ष शाक्य विराट गुठीका पनि पूर्वअध्यक्ष हुनुहुन्थ्यो । उहाँका ‘न्हृयोलं पाचिने मफुगु विश्वास’, ‘जंग बहादुरया सल’, ‘इ व जि’ लगायत काव्यकृतिहरू प्रकाशित छन् ।
युद्धप्रसाद मिश्र स्मृति प्रतिष्ठानका महासचिव नन्दु उप्रेतीले उहाँको निधनले भाषा, साहित्य एवं बौद्ध दर्शनको क्षेत्रले एउटा सशक्त अभियन्ता गुमाएको बताउनुभयो ।
साहित्यकार शाक्यको शुक्रबार भक्तपुरमा शवयात्रा गरिएको थियो । शाक्यको सूर्यविनायकस्थित निवासबाट सुरु भएको शवयात्रा राममन्दिर, नासमना, बौद्ध समंकृत विहार मिनिबस पार्क, लायकू, भोलाछेँ, थालाछेँलगायत नगर परिक्रमा गरी दाहसंस्कार गरिएको थियो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच