
पहिलो ‘नेपाली तारा’को सेकेण्ड रनरअप बन्नुभएका गायक रूपक डोटेलले अहिलेसम्म आइपुग्दा थुप्रै गीतमार्फत् श्रोता/दर्शकको मनमष्तिस्कमा राज गर्न सफल हुनुभएको छ । उहाँले अहिलेसम्म पाँच सयभन्दा बढी गीत श्रोता/दर्शकमाझ पस्किनुभएको छ । स्टेज कार्यक्रमका लागि पनि देश विदेशका विभिन्न ठाउँमा व्यस्त डोटेल स्टुडियोमा गाएको पहिलो गीत ‘ए माइली लाहुरेले माया मार्यो नभन’ रहेको थियो । त्यसयता उहाँको स्वरमा रहेका ‘वनकी चरी’, ‘सपनी राम्रो देखिन’, ‘मेरो बोली सुन्दा तिम्रो मन दुख्छ भने’, ‘चोखो माया लाकै हो लाइन भनुँ कसरी’, ‘ए माइली लाहुरेले माया मार्यो नभन’ ‘तिमी छौ र पो म छु’, ‘मेरो माया तिम्रो लागि’ लगायत थुप्रै गीत अत्यधिक रुचाइएका छन् । प्रेमध्वज संगीत रत्न सम्मान २०८० लगायत थुप्रै मान, सम्मान, पुरस्कार अवार्ड प्राप्त गर्नुभएका डोटेल गीत संगीतलाई आफ्नो जीवनको अभिन्न हिस्सा मान्नुहुन्छ । नेपाली कला र संस्कृति विश्वभर चिनाउन योगदान दिने आफ्नो सपना रहेको बताउनुहुने गायक रूपक डोटेलसँग हिमालय टाइम्सका लागि गीता अधिकारीले गर्नुभएको संवादको संक्षिप्त अंशः-
किन यो क्षेत्रमा आउनुभयो ?
संगीत मेरो जीवनको अभिन्न हिस्सा हो । बाल्यकालदेखि नै संगीतमा रुचि थियो, जसले मलाई यो क्षेत्रमा प्रवेश गर्न प्रेरित ग¥यो ।
औपचारिकरूपमा कहिलेदेखि हुनुहुन्छ यो क्षेत्रमा ?
मैले औपचारिकरूपमा २०६१ सालदेखि संगीत यात्राको सुरुवात गरेको हुँ ।
रूपक डोटेल को हो ?
नेपाली गायक र संगीतकर्मी । संगीत मेरो जीवन हो र जिउने आधार हो । संगीतले नै मेरो जीवन, घर-व्यवहार सबै चलिरहेको छ ।
यहाँले पहिलोपटक स्टुडियोमा प्रवेश गरेर गाएको गीत कुन थियो, याद छ ?
किन याद नहुनु नि याद छ । ‘ए माइली लाहुरेले माया मार्यो नभन’ मैले पहिलोपटक स्टुडियोमा प्रवेश गरेर गाएको गीत हो । यो मेरो पहिलो एल्बममा समावेश गीत हो । भीम थापाको शब्द रचना रहेको यो गीतमा सुरेश अधिकारीको संगीत छ । यो गीत मेरा लागि किन पनि प्रिय छ भने त्यो बेला सुरेश दाइको समय नभएपछि राती १२/१ बजेको समयमा गीत रेकर्ड गरिएको थियो । राती १२ बजे रेकर्ड गरेको गीत हो यो । त्यसबेला मलाई गीत भनेको राती नै रेकर्ड गर्ने हो भन्ने लाग्थ्यो । म नयाँ भए पनि गीत गाउँदा सुरेश दाइले टेक्निकहरू सिकाउनुभयो । त्यही भएर पनि यो गीत मेरा लागि एकदमै प्रिय र स्मरणीय छ । हुन त आफ्ना सिर्जना सबै नै उत्तिकै प्रिय हुन्छन् नै ।
आफ्नो २० वर्षको सांगीतिक करियरमा पाँच सयभन्दा बढी गीत रेकर्ड भएका बताउनुहुने रूपक डोटेलका धेरै गीतले श्रोता/दर्शकको अत्यधिक माया पाएका छन् । ‘वनकी चरी’, ‘सपनी राम्रो देखिन’, ‘मेरो बोली सुन्दा तिम्रो मन दुख्छ भने’, ‘चोखो माया लाकै हो लाइन भनुँ कसरी’, ‘ए माइली लाहुरेले माया मार्यो नभन’ ‘तिमी छौ र पो म छु’, ‘मेरो माया तिम्रो लागि’ जस्ता थुप्रै गीत उहाँका लोकप्रिय छन् । आफ्नो उद्देश्य नेपाली संगीतलाई अन्तर्राष्ट्रियस्तरमा पुर्याउनु रहेको बताउनुहुने डोटेल नेपाली कला र संस्कृति विश्वभर चिनाउन योगदान दिने आफ्नो सपना रहेको सुनाउनुहुन्छ ।
तपाईंका गीतको संख्या कति जति पुग्यो होला, केहीको नाम लिनुपर्दा ?
मेरो २० वर्षको सांगीतिक करियरमा पाँच सयभन्दा बढी गीत रेकर्ड भएका छन् । धेरै गीतले श्रोता/दर्शकको अत्यधिक माया पाएका छन् । यो मायाका लागि आभारी छु । ‘वनकी चरी’, ‘सपनी राम्रो देखिन’, ‘मेरो बोली सुन्दा तिम्रो मन दुख्छ भने’, ‘चोखो माया लाकै हो लाइन भनुँ कसरी’, ‘ए माइली लाहुरेले माया मार्यो नभन’ ‘तिमी छौ र पो म छु’, ‘मेरो माया तिम्रो लागि’ लगायत थुप्रै छन् ।
तपाईंलाई सबैभन्दा मनपर्ने गीत ?
मेरा सबै गीतहरू मेरा लागि विशेष छन् तर ‘सपनी राम्रो देखिन’, ‘मेरो बोली सुन्दा’ मेरो मनसँग धेरै नजिक छ । माथि पनि भनेँ आफ्ना सिर्जना सबै प्रिय नै छन् ।
पहिलोपटक स्टेजमा गाएको अनुभव कस्तो थियो ?
पहिलोपटक स्टेजमा गाउने समय निकै डर लागेको थियो तर दर्शकहरूले हौसला दिएपछि आत्मविश्वास बढ्यो । त्यो क्षणले नै मलाई यो क्षेत्रमा अगाडि बढ्न प्रेरणा दियो ।
तपाईं कसका लागि गीत गाउनुहुन्छ ?
म सबै संगीतप्रेमी श्रोताहरूका लागि गीत गाउँछु, जसले मेरो संगीतलाई माया र समर्थन गर्नुहुन्छ । अनि आफ्नै लागि गाउँछु ।
तपाईंका गीतमा प्रायः कस्ता विषयवस्तु हुन्छन् ?
मेरो गीतमा माया, विछोड, सामाजिक समस्या र सांस्कृतिक पक्षहरू समेटिन्छन् । मेरा गीतहरूले श्रोताको भावनालाई छोइदियो भने मेरो उद्देश्य सफल हुन्छ ।
गीत संगीतमा लागेर बाँच्न सकिन्छ नि ?
हो, संगीतमा लागेर बाँच्न सकिन्छ । संगीतले नै मेरो जीवन, घर-व्यवहार सबै चलिरहेको छ ।
गीत संगीतमा विभिन्न गुट, उपगुट छन् रे नि, के भन्नुहुन्छ ?
गीत संगीत क्षेत्रमा विभिन्न समूह र धारहरू हुन सक्छन् तर मैले सधैं आफ्नो मिहिनेत र समर्पणमा विश्वास गरेको छु ।
यस क्षेत्रमा आफ्नो गुरु कसैलाई मान्नुहुन्छ ?
मेरो यो गीत संगीतको यात्रामा विभिन्न गुरुले मलाई मार्गदर्शन गर्नुभएको छ, जसको योगदानले म यहाँसम्म पुगेको छु । ती सबै तत् तत् क्षेत्रमा मलाई अघि बढ्न अभिप्रेरित गर्नुहुने सबै गुरुहरूमा नमन गर्न चाहन्छु ।
यहाँले धेरैसँग काम गर्नुभएको छ, अब कोसँग काम गर्ने मन छ ?
यहाँले भनेजस्तै मैले धेरैजनासँग सहकार्य गरेको छु । अझ धेरै प्रतिभाशाली कलाकारहरूसँग सहकार्य गर्न इच्छुक छु, जसले संगीतलाई नयाँ उचाइमा पु¥याउन योगदान दिनुहुन्छ ।
चलचित्रमा अहिले गाउनुभएको छैन ?
मैले चलचित्र ‘प्रसाद’ को चर्चित गीत ‘वनकी चरी’ गाएको छु । अब पनि तयारी हुँदैछ ।
सुगम संगीतमा गाउन सजिलो कि चलचित्रका गीत ?
दुवै विधाका गीत गाउन उत्तिकै सहज हुन्छ तर सुगम संगीतका गीत गाउँदा स्वतन्त्रता महसुस हुन्छ भने चलचित्रका गीत गाउँदा कथा र अभिनेताको हाउभाउलाई ध्यान दिएर गाउनुपर्ने हुन्छ ।
संगीत के हो ?
संगीत मेरा लागि जीवन हो । संगीत आत्मा र मनलाई सँगै जोड्ने अदृश्य शक्ति हो । मेरा लागि संगीत भनेको आत्मा र जीवन हो ।
घरपरिवारबाट तपाईंका कार्यमा कत्तिको सपोर्ट मिलेको छ ?
मेरो परिवारबाट मेरो काममा पूर्ण समर्थन र हौसला मिलेको छ, जसले मलाई अघि बढ्न प्रेरित गरेको छ ।
यो क्षेत्रमा लागेकोमा कुनै गुनासो छ कि ?
संगीत यात्रामा केही चुनौतीहरू भए पनि मैले सधैं सन्तुष्टि र खुसी पाएको छु । कुनै गुनासो छैन ।
चर्चित हुनुअघि के-कस्ता संघर्षहरू गर्नुपर्यो ?
सुरुका दिनहरूमा आर्थिक समस्या थियो । गीत रेकर्ड गर्ने खर्च जुटाउनका लागि साथीहरूको सहयोग लिनुपथ्र्यो । त्यतिखेर आफ्ना गीतहरू प्रचार गर्न पनि कठिन थियो । तर, ती सबै संघर्षहरूले नै मलाई अझ बलियो बनाए ।
तपाईंलाई सबैभन्दा बढी प्रभावित गर्ने गायक-गायिका ?
म सबैजना प्रतिभाशाली कलाकारहरूको प्रशंसा गर्छु तर नारायण गोपालको गायकीले मलाई गहिरोरूपमा प्रभावित गरेको छ । उहाँको शैली र गीतहरूको गहिराइ सिक्ने पाठ हुन् ।
अहिलेको युवा पुस्ताका लागि के सन्देश दिन चाहनुहुन्छ ?
संगीतप्रति रुचि भएका युवाहरूले मिहिनेत गर्नुपर्छ । यो क्षेत्रमा धैर्य, लगनशीलता र निरन्तर अभ्यासले मात्र सफलता मिल्छ ।
भविष्यमा कुन-कुन क्षेत्रमा ध्यान केन्द्रित गर्न चाहनुहुन्छ ?
म भविष्यमा चलचित्र गीत संगीतमा अझ बढी योगदान दिन चाहन्छु । साथै, नेपाली लोकगीतको संरक्षण र प्रवद्र्धनमा पनि काम गर्न चाहन्छु ।
संगीतबाहेक अरू के गर्न मन पर्छ ?
संगीतबाहेक मलाई प्रकृतिसँग समय बिताउन मन पर्छ । म यात्रा गर्न र नयाँ ठाउँको अनुभव लिन रुचाउँछु ।
संगीतमा यहाँंको दीर्घकालीन उद्देश्य ?
मेरो उद्देश्य नेपाली संगीतलाई अन्तर्राष्ट्रियस्तरमा पुर्याउनु हो । नेपाली कला र संस्कृति विश्वभर चिनाउन योगदान दिने मेरो सपना हो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच