काठमाडौं । फुड डेलिभरी कम्पनी फुडमाण्डुले बुटवलमा पनि सेवा विस्तार गरेको छ । काठमाडौं, ललितपुर, भक्तपुर, पोखरा र चितवनमा सेवा विस्तार गरिसकेको फुडमाण्डुले एक हजारभन्दा बढी रेस्टुरेन्टसँग साझेदारी गर्दै तीन लाखभन्दा बढी ग्राहकलाई सेवा प्रदान गर्दै आएको जनाएको छ । कम्पनीले हालै वानमार्ट नामक नयाँ सेवा पनि सुरुवात गरेको छ, जसले किराना तथा अन्य उपभोग्य वस्तु तुरुन्त डेलिभरी गर्छ ।
बुटवलमा आयोजित उद्घाटन कार्यक्रममा फुडमाण्डुकी ब्राण्ड र मार्केटिङ म्यानेजर इनेशा भट्टराईले भन्नुभयो, ‘हामी फुडमाण्डुलाई बुटवलमा पनि ल्याउन पाउँदा उत्साहित छौं । अब बुटवलवासीले आफूलाई मनपर्ने रेस्टुरेन्टबाट केही क्लिकमै खाना अर्डर गर्न सक्नुहुनेछ । हामी बुटवल र आसपासका क्षेत्रका ग्राहकलाई सेवा प्रदान गर्न निकै उत्सुक छौं ।’
कम्पनीका संस्थापक तथा प्रबन्ध निर्देशक मनोहर अधिकारीले भन्नुभयो, ‘बुटवलमा फुडमाण्डुको सेवा विस्तार गर्नु हाम्रा लागि एक महत्वपूर्ण उपलब्धि हो । पार्टनर रेस्टुरेन्टहरूको बलियो सञ्जाल र गुणस्तरीय सेवाप्रति प्रतिबद्धतासहित हामी बुटवलवासीलाई उत्कृष्ट फुड डेलिभरी अनुभव प्रदान गर्न उत्साहित छौं ।’ फुडमाण्डुले बुटवलमा २५ भन्दा बढी रेस्टुरेन्टसँग साझेदारी गरिसकेको जनाएको छ । बुटवलमा सेवा सुरु गरेको अवसरमा फुडमाण्डुले ‘हाई बुटवल’ प्रोमो कोड सार्वजनिक गरेको छ । प्रोमो कोडमार्फत् बुटवलका ग्राहकले फुडमाण्डु एप प्रयोग गरी प्रत्येक अर्डरमा ३० प्रतिशत (अधिकतम दुई सय ५० रुपैयाँसम्म) छुट प्राप्त गर्न सक्ने बताइएको छ ।







विद्यार्थी, शिक्षक तथा अभिभावको सुझावका
बर्दियामा छुट्टाछुट्टै दुर्घटनामा दुई जनाको
नेपालभन्दा बाहिर गएर प्रतियोगिता जित्नु
विपद्को पीडाबीच आएको तीज, भक्तजन
चीनले इरानलाई सूचना दिएको खबर
भोटेकोशी बाढीबाट कृषि क्षेत्रमा रु