
काठमाडौं । नेपालको डिजिटल ठेगाना प्रणाली कता हो ? ले वल्र्ड समिट अवार्ड(डब्लुएसए) प्राप्त गरेको छ । नेपालमा प्रविधि र नवप्रवर्तन क्षेत्रमा काम गरिरहेका नेपाली अनुसन्धानकर्ता रामलक्ष्मणको टिमले एड्रेसग्राफ नेपाल प्रालिमार्फत् तयार गरेको डिजिटल ठेगाना प्रणाली ‘कता हो ?’ ले स्मार्ट सेटलमेन्ट्स एण्ड अर्गनाइजेसन विधामा छनोट भई पुरस्कार प्राप्त गरेको हो ।
डब्लुएसएले संयुक्त राष्ट्र संघले अघि सारेको दिगो लक्ष्य प्राप्तिका लागि नवप्रवर्तनका माध्यमबाट विकास भएका उत्कृष्ट प्रविधि चयन गरी हरेक वर्ष पुरस्कार दिने गर्छ । यस वर्ष उक्त पुरस्कार समारोह २०२५ अप्रिल ६ देखि ९ सम्म विशेष समारोहबीच भारतको हैदरावादमा हुने डब्लुएसएले जनाएको छ । युवा वैज्ञानिक राम लक्ष्मण रिमालका अनुसार कता हो ? ठेगाना प्रणालीले नेपालभरको जुनसुकै स्थानको ठेगाना कोड तयार गरेको छ ।
अफलाइनमै ठेगाना कोड खोज्न सकिने कता हो ? प्रणालीमा चार सयवटा शब्द र अंकको संयोजन गरी तीन सेकेण्डभित्र कुनै स्थानको कोड बोलीकै माध्यमबाट सेयर गर्न सकिन्छ । यस्तो प्रणाली प्रयोग गरी हालसम्म १० हजारभन्दा बढीले ठेगाना पाटी तयार गरिसकेका छन् । यस्तो प्रणाली प्रयोग गरी सर्वसाधारणले निःशुल्क डिजिटल ठेगाना प्लेट तयार गर्न सक्छन् । यस वर्ष विश्वभरबाट ४० परियोजनाले विभिन्न विधामा डब्लुएसए अवार्ड प्राप्त गरेका छन् ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच