
पोखरा । सूर्य नेपाल गल्फ टुर २०२४-२५ अन्तर्गतको चौथो प्रतियोगिता, सूर्य नेपाल वेस्टर्न ओपनको दोस्रो दिन निरज तामाङ एक स्ट्रोकको अग्रतासहित शीर्ष स्थानमा कायमै रहन सफल हुनुभएको छ । पार ६९ को हिमालयन गल्फ कोर्समा निरजले शुक्रबार १-अन्डर ६८ को कार्ड पार्दा समग्रमा ५-अन्डर १३३ को स्कोर खडा गर्नुभयो । उहाँले भुवनकुमार रोक्कालाई एक स्ट्रोकले पछि पार्नुभएको हो । समग्रमा ४-अन्डर १३४ को स्कोरमा भुवनले दोस्रो स्थानमा कायमै रहँदै लगातार दोस्रो दिन २-अन्डर ६७ खेल्नुभयो ।
समग्रमा इभन-पार १३८ को स्कोर बनाउनुभएका धनबहादुर थापा र सञ्जय लामाले संयुक्तरूपमा तेस्रो स्थानमा ३६ होलको खेल पूरा गर्नुभयो भने धन र सञ्जय दुवैले १-ओभर ७० को स्कोर दर्ज गर्नुभयो । जयराम श्रेष्ठ र एमेच्योर सुन्दर राई संयुक्तरूपमा पाँचौं स्थानमा रहँदै समग्रमा २-ओभर १४० स्कोर गर्नुभयो भने जयरामले २-ओभर ७१ र सुन्दरले १-ओभर ७० मा खेल पूरा गर्नुभयो । समग्रमा ४-ओभर १४२ सहित कृष्णमान राजबाहक, विष्णुप्रसाद शर्मा र रामे मगरले संयुक्तरूपमा सातौं स्थान बाँड्नुभयो । कृष्णमानले १-अन्डर ६८, विष्णुले २-ओभर ७१ र रामेले ४-ओभर ७३ मा दोस्रो दिनको खेल पूरा गर्नुभयो । समग्रमा ५-ओभर १४३ को स्कोरमा रवि खड्का १०औँ स्थानमा रहँदै १-अन्डर ६८ को स्कोर कार्ड बनाउनुभएको आयोजकले जनाएको छ ।
प्रोतर्फ नेपाल नम्बर एक भुवन नगरकोटीसँगै तोरणविक्रम शाही, प्रदीपकुमार लामा, सूर्यप्रसाद शर्मा, भुबहादुर गुरुङ, बलभद्र राई, युवराज भुजेल, टंकबहादुर कार्की, दीपक मगर, दिनेश प्रजापती, दलबहादुर लामा र किसन कालीराज सुनारले कट बनाउनुभयो । एमेच्योरतर्फ सुरेश तामाङ, प्रज्वल गुरूङ, संसार विके र जीवाराम गुरूङले अन्तिम १८ होलको खेलका लागि स्थान गर्नुभयो । आयोजकका अनुसार ५४ होलको तीनदिने प्रतियोगितामा कुल पुरस्कार आठ लाख ८२ हजार रहेको छ भने विजेताले एक लाख ५० हजार तथा दोस्रो र तेस्रोले क्रमशः एक लाख र ७२ हजार प्राप्त गर्नेछन् भने शीर्ष २१ मा पर्ने गल्फरले पनि नगद हात पार्नेछन् । नेपाल प्रोफेसनल गल्फर्स एसोसिएसनद्वारा आयोजित र सूर्य नेपाल प्रालिद्वारा प्रायोजित प्रतियोगिताअन्तर्गत शनिबार प्रो-एम इभेन्ट हुने बताइएको छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच