
वर्तमान समयमा मान्छेको जीवनशैली अत्यन्तै व्यस्त छ । यही व्यस्तताले गर्दा आनन्द प्राप्तिका लागि थोरै समयमात्रै उपलब्ध छ । समयाभावको कारणले सिर्जना पनि थोरै समयमा परख गर्न सकिने होस् भन्ने चाहना र अपेक्षा पनि बढ्दै गएको छ । पाठकहरूको यो चाहना र अपेक्षालाई सर्जकहरूले पनि बुझ्न थालेका छन् । पछिल्लो समय निकै आक्रामक र निकै लोभलाग्दो गरी अगाडि बढिरहेको विधा हो लघुकथा । लघुसंरचनाका अन्य विधाको तुलनामा लघुकथामा सर्जक र पाठक दुवैको अभिरुचि तथा आकर्षण उत्साहजनक रूपमा बढेको छ । लघुकथाको रचना, गोष्ठी, वाचन, पुस्तक प्रकाशन र अन्तक्र्रियामा भइरहेको क्रमिक वृद्धिले यो तथ्यलाई पुष्टि गरेको छ ।
लघुकथा सिर्जनाको दौडमा अगाडि बढ्दै गरेका एक आशालाग्दा सर्जक हुन् ध्रुवराज थापा ‘पुरुष’ । उनी बहुआयामिक व्यक्तित्वका धनी पनि हुन् । शिक्षण, साहित्य, अभिनय, पत्रकारिता आदि विविध क्षेत्रमा फरक भूमिका निर्वाह गर्दै आएका ध्रुवराज थापा ‘पुरुष’ पछिल्लो समय लघुकथा लेखनमा निकै सक्रिय देखिएका छन् । यही सक्रियताको परिणामको रूपमा पाठकसमक्ष आएको छ उनको पहिलो लघुकथासङ्ग्रह ‘सपनाको पहाड’ । यसलाई सिर्जना अभियान समाज, भक्तपुरले प्रकाशित गरेको छ । उनले आफ्नो जीवनमा निर्वाह गरेका फरक भूमिका जस्तै उनका लघुकथाहरू पनि फरक-फरक विषयवस्तुमा लेखिएका छन् । यही फरक-फरक विषयवस्तुले गर्दा उनका लघुकथामा विषयविविधता पाइन्छ । विषयविविधताले गर्दा लघुकथा पठनबाट विविध स्वाद पाउन सकिन्छ । धेरै लघुकथा सामाजिक विषयवस्तुका छन् । अत्यन्तै थोरै लघुकथामा राजनीतिक विषयले प्रवेश पाएका छन् ।
समाजमा बाँच्ने क्रममा अथवा अझ भन्नैपर्दा फरक भूमिका निर्वाह गर्ने क्रममा देखेका, भोगेका र अनुभूति गरेका विषय, पल र प्रवृत्तिहरूलाई नै विषयवस्तु बनाएर लघुकथा लेख्ने क्रममा समाजका केही वास्तविक र केही काल्पनिक पात्रहरूलाई लघुकथामा उभ्याइएका छन् । ती पात्रहरूले फरक-फरक भूमिका निर्वाह गरेका छन् ।
समाजमा बाँच्ने क्रममा अथवा अझ भन्नैपर्दा फरक भूमिका निर्वाह गर्ने क्रममा देखेका, भोगेका र अनुभूति गरेका विषय, पल र प्रवृत्तिहरूलाई नै विषयवस्तु बनाएर लघुकथा लेख्ने क्रममा समाजका केही वास्तविक र केही काल्पनिक पात्रहरूलाई लघुकथामा उभ्याएका छन् । ती पात्रहरूले फरक-फरक भूमिका निर्वाह गरेका छन् ।
कसैको पनि जिन्दगी भूमिकाविहीन हुँदैन । जिन्दगीमा थरीथरी भूमिका निर्वाह गर्न पाउनु चाहिँ सौभाग्य नै ठान्नुपर्छ । भूमिका जन्मजात पनि हुँदैन । आफैँले आर्जन गर्ने हो भूमिका । आर्जित भूमिका निर्वाह गर्नमा मान्छे निकै उत्साहित हुन्छ । यही उत्साहले मान्छे आफ्नो भूमिका सशक्त र प्रभावशाली ढङ्गमा निर्वाह गर्न सक्षम हुन्छ, समर्थ हुन्छ र सफल पनि हुन्छ । यहाँ इङ्गित गर्न खोजिएका सर्जक ध्रुवराज थापा ‘पुरुष’ पनि फरक भूमिकामा विभाजित छन् । तर त्यो फरक भूमिका निर्वाहमा उनी सफल देखिएका छन् ।
जिन्दगीमा फरक भूमिका निर्वाह गर्ने क्रममा फरक अनुभवहरू सँगालिन्छन् । फरक अनुभूतिहरू सँगालिन्छन् । केही सुखका । केही दुःखका । केही खुशीका । केही पीडाका । अनि केही आशाका र केही निराशाका फरक-फरक अनुभव र अनुभूतिहरू । सर्जक ध्रुवराज थापा ‘पुरुष’ ले आफ्ना यस्तै फरक-फरक अनुभव र अनुभूतिहरूलाई सँगालेर रोचक कथानक बुनेका छन् र चोटिला र प्रभावशाली लघुकथा लेखेका छन् ।
सर्जक ध्रुवराजा थापा ‘पुरुष’ को लघुकथासङ्ग्रह ‘सपनाको पहाड’ मा विभिन्न समयमा लेखिएका ५८ वटा विविध विषयवस्तुका लघुकथा सङ्गृहीत छन् । सङ्ग्रहमा सामाजिक बेथितिमाथि लेखिएका लघुकथाहरूको बाहुल्य छ । यो हाम्रो दुर्भाग्य हो कि अझै पनि हामीले हाम्रा सिर्जनामा बेथितिकै बयान गर्नुपर्ने अवस्था छ । लोकतान्त्रिक शासनपद्धितिर आधुनिक समाजको निर्माण भइसक्दा पनि त्यस्ता बेथितिहरूको अन्त्य नहुनु र अझ बढ्दै जानु विडम्बना हो र हामी नेपालीको दुर्भाग्य पनि हो । बेथितिका कुरा नलेख्दा त्यो सिर्जना नै नहुने र अझ विरोधका उग्र आवाज नउराले प्रगतिशील नहुने सोच र मानसिकताले गर्दा हाम्रो साहित्य सङ्कुचित घेराबाट माथि उठ्नै सकेको छैन ।
हामीले कहिले सकारात्मक कुरा लेख्न पाउने ? कहिले थितिका बारेमा लेख्न पाउने ? कहिले विकासका बारेमा लेख्न पाउने ? कहिले आशाका बारेमा लेख्न पाउने ? बथिति र विसङ्गति, अलोकतान्त्रिक र अविकास, नकारात्मकता र नैराश्यताका बारेमा हामीले धेरै लेखिसक्यौँ, अझै लेख्नु परिरहेछ । अब आशा, सङ्गति, विकास र सकारात्मक विषयमा सिर्जना गर्न पाउने दिन कहिले आउँछ ? यो दिन तबमात्रै आउँछ, जब समाज परिवर्तन हुन्छ । शासनपद्धति र नेताहरूको प्रवृत्ति परिवर्तन हुन्छ । यो परिवर्तनका लागि पनि सर्जकहरूले नै घचघच्याउनुपर्ने खाँचो छ । सर्जक धु्रवराज थापा ‘पुरुष’का लघुकथाहरूले पनि प्रत्यक्ष वा अप्रत्यक्षरूपमा समाज, शासनपद्धति र नेताहरूको प्रवृत्तिमा परिवर्तन ल्याउन घचघच्याउने काम गरेका छन् ।
सामाजिक परम्पराको चिरफारदेखि आधुनिक समाजको बयान गर्नमा ‘सपनाको पहाड’ समर्थ बनेको छ । उनको लघुकथा लेखन प्रभावशाली छ । पाठकलाई छिटो प्रभाव पार्न सक्ने र पाठकको मनमा छिटो छाप छोड्नसक्ने सामथ्र्य उनका हरेक कथामा छन् ।
भ्रष्टाचारी नै बढुवा भएर अख्तियारको हाकिम बन्ने (‘अख्तियार’), बलात्कारीले नै नारी अधिकार र स्वतन्त्रताको कुरा गर्ने (‘आदर्श’), बलात्कारी-हत्याराकै जयजयकार गर्ने (‘अबिरजात्रा’) प्रवृत्तिले हाम्रो समाजमा बथितिले प्रश्रय पाइरहेको यथार्थलाई यस सङ्ग्रहका धेरै लघुकथाले इङ्गित गरेका छन् । समाज अन्धविश्वासमा अल्झिएको छ, जडतामा जकडिएको छ । यसमा परिवर्तन हुनुपर्छ भन्ने मान्यता धेरै लघुकथाले बोकेका छन् । संस्कृतिलाई संस्कृतिअनुसार नै चलाउनुपर्छ र अरूलाई अर्ती-उपदेश दिनेले आफैँले त्यो अर्ती-उपलदेशको पालना गर्नुपर्छ भन्ने सामाजिक मूल्य र मान्यताका कुरादेखि राष्ट्रियताको कुरा गर्नु अराजक बन्नु होइन भन्ने मान्यतालाई स्थापित गर्ने अभीष्टले लेखिएका लघुकथाहरूले पाठकको मनमस्तिष्कमा पनि सोहीअनुरूपको छाप छोड्न सफल हुनेमा विश्वस्त हुन सकिन्छ ।
बिम्बात्मकता र व्यङ्ग्यात्मकताले लघुकथामा सुनमाथि सुगन्ध थपिएको पाइन्छ । सिर्जनामा बिम्ब, अलङ्कार र कलात्मक आवश्यक तत्व नै हुन् । यी तत्वको प्रयोगले सिर्जनालाई अझ बढी रोचक, पठनीय र प्रभावशाली बनाउँछन् । ‘सपनाको पहाड’ भित्रका धेरै लघुकथामा बिम्ब र व्यङ्ग्यको प्रयोग भएको पाइन्छ । ‘उचित सम्मान’, ‘छटेल’ आदि यस्तै बिम्बात्मकता र व्यङ्ग्यात्मकताले भरिएका उत्कृष्ट लघुकथा हुन् । यसैगरी रहस्यात्मकताको प्रयोगले लघुकथालाई थप कौतुहलपूर्ण र रोचक बनाएको छ । यस्तै कौतुहल जगाउने लघुकथा हो ‘रहस्य’ । आधुनिक विज्ञान र प्रविधिले दिएको सुविधा र सहुलियतका बारेमा पनि लघुकथा लेखिएका छन् । ‘गर्भाधान’ यस्तै आधुनिक स्वास्थ्यविज्ञानमा आधारित लघुकथा हो ।
यसले सामाजिक अन्धविश्वासलाई चिर्ने सामथ्र्य राखेको छ । यसै गरी आधुनिक प्रविधिमा आधारित रोचक लघुकथा हो ‘क्यु आर’ । यसरी सामाजिक परम्पराको चिरफारदेखि आधुनिक समाजको बयान गर्नमा ‘सपनाको पहाड’ समर्थ बनेको छ । उनको लघुकथा लेखन प्रभावशाली छ । पाठकलाई छिटो प्रभाव पार्न सक्ने र पाठकको मनमा छिटो छाप छोड्नसक्ने सामथ्र्य उनका हरेक कथामा छन् । उनको यस्तै प्रयास जारी रहेमा उनी नेपाली साहित्यमा एक स्थापित लघुकथाकारको पहिचान स्थापित गर्न सफल हुनेछन् । साहित्यमा केही गर्ने र केही बन्ने सपनाले डो¥याइएका स्रष्टा ध्रुवराज थापा ‘पुरुष’ यतिखेर सपनाको पहाड चढ्दै छन् । यही लगन र यही निरन्तरता कायम रहे उनी छिट्टै त्यो सपनाको पहाड छिचोल्न सफल हुनेछन् ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच