
दाङ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विगतका कमी कमजोरी सुधार्दै सच्चिने प्रयास गरिरहेको बताउनुभएको छ । शुक्रबार दाङको तुलसीपुरको अरनिको मैदानमा भएको पार्टीको नगर अधिवेशन उद्घाटन तथा खबरदारी सभालाई सम्बोधन गर्दै उहाँले विगतमा कमजोरी भएको स्वीकार गर्नुभयो । ‘२०६४ सालमा मत पाए पनि आफ्नै कमजोरीले सफल हुन सकेनौँ,’ उहाँले भन्नुभयोे, ‘तेस्रोपटक प्रधानमन्त्री हुँदा मात्रै गल्ती, कमजोरी थाहा भयो अनि सुधारका कामहरू सुरु गर्यौँ ।’ त्यही सुधारका कामअन्तर्गत भ्रष्टाचारविरुद्ध कदम चाल्दा सरकार ढाल्ने षड्यन्त्र भएको उहाँले बताउनुभयो ।
कमी कमजोरी सुधारेर समाज र देश परिवर्तनका लागि नेतृत्व गर्ने चाहना रहेको बताउँदै उहाँले अब २०८४ मा ०६४ मा जस्तै मत दिन आग्रह गर्नुभयो । ‘म जीवन रहेसम्म सुशासन र परिवर्तनका लागि काम गर्न चाहन्छु,’ उहाँले भन्नुभयोे, ‘अब कमजोरी हुँदैन । म आफूलाई सुधार्न तयार छु । अब जनचाहनाबमोजिम काम गर्छु ।’ माओवादी बिग्रियो, टुटफुट भयो भन्ने गुनासो रहेको बताउँदै उहाँले अब माओवादी आन्दोलनका सबै पक्षलाई एकजुट बनाउने योजना रहेको जानकारी दिनुभयो । ‘अब हामी सच्चिएर सबै माओवादी एकजुट हुने प्रयास गर्छौं,’ उहाँले भन्नुभयोे, ‘हामीले बहुमत पाए काम गरेर देखाउँछौँ ।’
अध्यक्ष प्रचण्डले अहिले सरकारको नेतृत्व गरिरहेकाहरूले आफैँमाथि अनुसन्धान गरेर देखाउन चुनौती दिनुभयो । पार्टीको तुलसीपुर नगर कमिटीले आयोजना गरेको तेस्रो नगर अधिवेशन उद्घाटन तथा खबरदारी सभालाई सम्बोधन गर्ने क्रममा अध्यक्ष प्रचण्डले सो चुनौती दिनुभयो । ‘मैले सरकारमा रहेर आफ्नो अर्काको नभनी कारबाहीको प्रक्रिया अघि बढाएँ । अनुसन्धानमा खटिएका अफिसरहरूलाई अनुसन्धान गर्दै जाँदा प्रचण्ड नै देखिए पनि कारबाही अगाडि बढाउनु भनेँ, ‘प्रचण्डले सम्बोधनको क्रममा भन्नुभयोे, ‘म चुनौतीका साथ भन्न चाहन्छु । अहिले सकारको नेतृत्व गर्नेले मैलेझैँ आफैँलाई अनुसन्धान गरेर देखाउनू ।’ प्रचण्डले आगामी निर्वाचनमा माओवादी केन्द्रलाई बहुमत दिन अपिल पनि गर्नुभयो ।
‘वर्तमान सरकार गठन गर्दा संविधान मिचियो’
नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले कांग्रेस र एमालेले राष्ट्रपति रामचन्द्र पौडेललाई सरकार गठनको बेलामा संविधानको धारा ७६ (२) अनुसार सरकार गठन आहृवान नभए महाभियोग लगाउने चेतावनीपछि बाध्य भएको दाबी गर्नुभएको छ । खबरदारी सभालाई सम्बोधन गर्दै उहाँले कांग्रेस एमालेकै नेताहरूले भनेको सुनेको दाबी गर्नुभयो । उहाँले ओली सरकार असंवैधानिक भएको दोहो¥याउनुभयो । उहाँले भन्नुभयोे, ‘मैले विश्वासको मत पाउदिनँ भन्ने त प्रष्टै थियो । तर, मैले प्रधानमन्त्री हुँदै राष्ट्रपतिलाई संविधानको रक्षा गर्ने तपाईंले नै हो भनेको थिएँ । उहाँले गर्ने विश्वास दिनुभएको हो । अहिलेको राष्ट्रपति बनेकै मेरै कारणले, माओवादी केन्द्रकै कारणले रामचन्द्र पौडेल राष्ट्रपति बन्नुभएको हो ।’ उहाँले माओवादी नभएको भए पौडेल राष्ट्रपति बन्नसक्ने अवस्था नै नरहेको बताउनुभयो । उहाँले थप्नुभयोे, ‘उहाँले ढुक्क रहनुस् म संविधान मिच्न दिन्नँ भन्नुभएको थियो मलाई । तर, कांग्रेस र एमालेकै नेताहरूले भनेको मैले सुनेको, राष्ट्रपतिजीले भनेको होइन । राष्ट्रपतिले संविधान मिच्न चाहनुभएन । नचाहेपछि एमाले नेतृत्वको सरकार बन्ने भएन । त्यो गठबन्धन बन्ने भएन । मैले सुनेको, कांग्रेस एमालेका नेताहरूले भनेको, उहाँहरूले हामीले भनेअनुसार भएन भने ७६ (२) अनुसार नै जानुभयो भने तपाईंलाई महाभियोग लगाएर निकाल्छौँ भनेपछि धर्मसंकटमा पर्नुभयो । कतिसम्म ठूलो चलखेल भएको छ संविधान मिच्नको लागि ।’
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच