
गुरु सुश्रूषयाविद्यापुष्कलेनधनेन वा ।
अथवाविद्ययाविद्याचतुर्थो न उपलभ्यते ।।
विद्या गुरुको सेवाबाट, पर्याप्त धन दिनाले अथवा विद्याको आदानप्रदानबाट प्राप्त हुन्छ । यी तिनका अतिरिक्त विद्या पाउने चौथो उपाय केही पनि छैन । यो नीतिको श्लोक हो । विद्याका लागि यी तीन नै मुख्य उपाय हुन् । चौथो उपाय शास्त्रले पनि बताएको छैन । यी विद्या उपलब्ध हुने आधार हुन् । यिनै आधारबाट संसारमा वा हाम्रो सनातन परम्परामा विद्याको प्रचार भएको हो । यी तीनबाहेकको विद्या आर्जन गर्ने कुनै पनि उपाय शास्त्रमा वर्णित भएको पाइँदैन । यी तीन उपायबाट पाएको विद्या हो । विद्याबाट पाउने संस्कार नै मानव जीवनका लागि उपयोगी बनेर आएको हुन्छ । आजको इतिहासमा शिक्षा आर्जन गर्ने उपाय प्रविधि हुन सक्ला तर विद्या आर्जन प्रविधिबाट हुन सक्दैन । यो सत्य हो । यही सत्यमा टेक्न सकेनौँ हामी । पलायन भयो हाम्रो देशको दक्ष जनशक्ति ।
विद्या पाएको व्यक्ति आफैँमा गुणवान् हुनु अनिवार्य मानिन्छ । विद्याले विनयलाई अग्रसारित गरेको हुन्छ । विनयशीलता नै विद्याको सबैभन्दा महत्वपूर्ण संस्कार मानेको छ प्राच्य परम्पराले । नैतिकवान् जनशक्तिको सिर्जना विद्याबाट हुने सन्दर्भमा कहीँकतै विमति छैन । हाम्रो देशमा त्यसो हुन सकेन । हामीले शिक्षा दियौँ । उच्चशिक्षा प्रदान गर्ने विश्वविद्यालयबाट दीक्षित गरायौँ । जनशक्ति दीक्षित भयो । विश्वविद्यालमा सर्वोत्कृष्ट अङ्क ल्याई नेपाल विद्याभूषण पनि पायो । गर्वका साथ भन्छ देशले केही दिँदैन । विदेशतिर जाने प्रयास गर्नुपर्ला ।
नेपालमा यति धेरै विश्वविद्यालयको आवश्यकता होइन । हुन त गणतन्त्रमा यसो भन्न नपाइने होला ? तर आजको सत्य यही हो । विद्यार्थी दश जोड दुई गरेपछि बाहिरिएका छन् । बचेको जनशक्ति चिकित्सक, इन्जिनियर वा अन्य शिक्षा पाएर बाहिरिएको छ ।
यो आजको शिक्षा पाएका युवाको अभिव्यक्ति हो । केही दीक्षित विद्यार्थी भने नेपालमै सम्भावनाको खोजीमा देखिए तर अभिव्यक्तिमा देखिएको लाचारी र देशमा केही छैन भन्ने अभिव्यक्ति दिने जनशक्ति हाम्रो शिक्षाको पहिचान बनेको छ आज । यही आधारमा बाँचेका छन् हाम्रो देशका विश्वविद्यालय र हाम्रो देशको शिक्षानीति पनि । यसैमा रमेको छ हाम्रो देशको राजनीति पनि ।
विश्वविद्यालयको गति
नेपालमा खोलिएका प्रत्येक विश्वविद्यालय आफ्नो पहिचानका लागि खोलिएका छन् । अझ पनि खोलिने क्रम जारी नै छ । सरकार बहुविश्वविद्यलायको अवधारणामा केन्द्रित रहेर विश्वविद्यालयीय शिक्षालाई गाउँगाउँ र टोलटोलमा विकास गर्न उद्दत देखिएको छ । नेपालमा खोलिएका कतिपय विश्वविद्यालयका आफ्ना आङ्गिक क्याम्पसहरू छैनन् । सामुदायिक र निजी क्याम्पसलाई सम्बन्धन दिएर आफ्नो बिँडो थामिरहेका छन् । ती विश्वविद्यालयमा विद्यार्थी सङ्ख्या देखाउन योग्य छ पनि छैन पनि ।
तर, सरकारी लगानीमा चलेका ती विश्वविद्यालयले दिने शिक्षा शिक्षा बन्यो विद्या बन्न सकेन । हाम्रा विश्वविद्यालयले विद्या दिएको भए आजको जनशक्ति पलायनतर्फ उन्मुख हुने थिएन । यो सत्य हो । यो सत्यलाई आजको नेपाली गणतन्त्रले स्वीकार गर्न सकेको देखिएन । देशका कुनै पनि शिक्षालय वा विद्यालयले दिने शिक्षा र विद्यामा फरक अवश्य देखिन्छ । विद्या गुरुले दिने हो । शिक्षा शिक्षकले दिने हो ।
विद्या दिने गुरुले समाजको उन्नति प्रगतिका साथै आफ्नो पहिचानमा केन्द्रित रहन आग्रह गरेको हुन्छ । समाजको विकास, देशको विकास, मातृभूमिको उन्नयनका साथै सङ्घर्षमा बाँच्न सिकाउँछ । आफूला्ई चिन । आफ्नालाई चिन । आफन्तलाई चिन । यी सबैभन्दा माथि देश छ । देशको विकास गर । आफूभित्रको आत्मालाई चिन । आत्मा अमर छ । अजेय छ । नाश हुँदैन भन्छ । गुरुले दिने विद्यामा देश पहिले र आफू पछि हो । आफूलाई मात्र चिनेमा देश पनि बन्दैन भन्ने दृष्टिकोण विद्याले राखेको हुन्छ । गुरुले यही सिकाएका हुन्छन् । यही हो विद्या आजको पुस्तासित छैन । आजका शिक्षकसित छैन । आजका अभिभावकसित छैन ।
शिक्षकले दिने शिक्षा हो । शिक्षाले यो जगत् चिनाएको हुँदैन । आफू, आफन्त र आफ्नालाई मात्र चिनाएको हुन्छ । आफूलाई चिने पुग्यो । देश चिन्नु परेन । आफूले अध्ययन गरेको देशका बारेमा सोच्नु परेन । आफ्नाका बारेमा सोच । धनका बारेमा सोच । बाबाआमाका विशाल सपनाका बारेमा सोच । सपनालाई साकार पार्ने आधारका बारेमा सोच । ती आधारलाई पाउन सक्ने उपायको खोजीका बारेमा सोच । पाएको वस्तु तिम्रो हो । त्यो सत्कर्म वा असत्कर्मबाट पाएको किन नहोस् । यही सिकाएको हुन्छ । आजको शिक्षाले । अध्ययन गर्ने उद्देश्य लिएर विदेशी भूमिमा पलायन गर । सके उतैको नागरिक बन । नसके मनग्गे धन कमाएर नेपाल आऊ । राजनीति गर र शासन गरेर आफूलाई स्थापित गर । यही भन्छ आजको शिक्षा । यही शिक्षा दिन्छौँ हामी हाम्रा शिक्षार्थीलाई ।
नेपालमा यति धेरै विश्वविद्यालयको आवश्यकता होइन । हुन त गणतन्त्रमा यसो भन्न नपाइने होला ? तर आजको सत्य यही हो । विद्यार्थी दश जोड दुई गरेपछि बाहिरिएका छन् । बचेको जनशक्ति चिकित्सक, इन्जिनियर वा अन्य शिक्षा पाएर बाहिरिएको छ । विश्वविद्यालयले दिने औपचारिक शिक्षाको स्नातकोत्तरमा पटक-पटक भर्ना खुलेको सूचना प्रवाह गर्नु त्यसैको द्योतक होइन र ? शिक्षा दियौँ हामीले । दक्ष बनायो देशको प्रबुद्ध वर्गले । आजको समयमा सबैभन्दा उपेक्षित वर्ग हो बौद्धिक वर्ग । त्यस वर्गले आफूभित्र भएको ज्ञानको अजस्र धारालाई बगाएर स्नातक बनायो । स्नातकोत्तर गरायो तर आजको पुस्ता स्नातक, स्नातकोत्तर र विद्यावारिधि गर्ने नाममा स्वदेशलाई सराप्दै र धिक्कार्दै बाहिरिएको छ । किन यतिका विश्वविद्यालय चाहिए । यो सानो मुलुकमा । प्रत्येक प्रदेशमा बहु विश्वविद्यालयको अवधारणा किन चाहियो ।
आजको विश्वविद्यालयको अर्को पाटो हो विद्यार्थी राजनीति । विद्यार्थी वा शिक्षार्थी सचेत वर्ग हो । ऊ राजनीतिमा सक्रिय हुनु नराम्रो पनि होइन । उसको सचेतताले आजको समाजलाई मात्र होइन देशको भविष्यलाई पनि केन्द्रमा राखेर अघि बढेको हुन्छ तर आज विद्यार्थी राजनीति त्यस किसिमको हुन सकेको देखिँदैन । आजको विद्यार्थी विद्यार्थी राजनीतिमा भन्दा उसका माऊ पार्टीको निर्देशनलाई मानेको हुन्छ । माऊ पार्टीकै आदेशमा चलेको हुन्छ । पदाधिकारी वा क्याम्पस प्रमुखदेखि लिएर विभागीय प्रमुखसम्मको भागबण्डामा आफ्नो माऊ पार्टीलाई सहयोग गरिरहेको हुन्छ ।
देशले शिक्षा दियो । देशले स्नातक र स्नातकोत्तरसम्मको अध्ययन गरायो तर तिमीलाई विदेशका गल्लीबाट देशलाई सत्तोसराप गर्ने अधिकार छैन । तिमी देशले केही दिएन भनेर बाहिर गएका होइनौ ? अब तिमीसित त्यो अधिकार छैन देशलाई गाली गर्ने । तिमीले गुमायौ आफ्नो स्वाभिमान ।
विश्वविद्यालय क्याम्पस तथा विभागमा हिस्सेदार हुन आग्रह गर्दै भोटेताल्चा लगाएर काम गर्ने अवसर दिँदैन । आजको विद्यार्थीलाई अध्ययन, अध्यापन अतिरिक्त क्रियाकलापको खाँचो हुँदैन । माऊ पार्टीले सिकाएको छ सबै । उसकै भरमा चलेको छ विद्यार्थी र विद्यार्थीले प्रतिनिधित्व गर्ने सङ्गठन पनि । उसलाई अध्ययनभन्दा नेताको दरवार गतिलो देखिएको छ । अध्ययनमा भन्दा नेताको भरोसामा अडेको छ । नेतालाई उसले सर्वेसर्वा ठानेको छ । यही अवस्थाले बिग्रेको छ देशको शिक्षा र बिग्रेका छन् देशका भविष्य पनि ।
पलायन रोकौँ :
हाम्रो देश नेपाल संसारको सबैभन्दा सबल राजनीतिक प्रणालीमा चलेको छ । आजको संसारमा गणतन्त्रभन्दा बलियो राजनीतिक प्रणाली देखिँदैन । छैन पनि तर यो राजनीतिलाई स्थिर गर्ने दक्ष जनशक्ति र शिक्षित जनशक्ति हो । जो आज आएर पलायन भएको छ । देशलाई सराप्दै भागेको छ । देशमा केही गर्ने हुती नभएर भागेको हो । आफूले खाएको थाल नउठाउने छोराछोरी विदेशमा भाँडा माझ्न बाध्य छन् । विदेशमा बसेर नै राजनीति र राजनीतिमा होमिएर जीवन समर्पित गरेका नेतालाई सामाजिक सञ्जालमार्फत सरापिरहेका छन् । देशमा यो भएन, त्यो भएन । फलानो नेताले यो गरेन, त्यो गरेन भनेर सत्तोसराप गरेको छ ।
देशले शिक्षा दियो । देशले स्नातक र स्नातकोत्तरसम्मको अध्ययन गरायो तर तिमीलाई विदेशका गल्लीबाट देशलाई सत्तोसराप गर्ने अधिकार छैन । तिमी देशले केही दिएन भनेर बाहिर गएका होइनौ ? अब तिमीसित त्यो अधिकार छैन देशलाई गाली गर्ने । तिमीले गुमायौ आफ्नो स्वाभिमान । तिमीले छोडेर गयौ देशको माया । त्यहीँ बस र आमाबाबुलाई सक्दो सहयोग गर । आफ्नो भविष्य बनाऊ । सके त्यतै भासियौ । नसके देशमा आऊ । नेपालमै बसेर जीवनयापनका लागि सङ्घर्ष गर ।
सामाजिक सञ्जालबाट राजनीतिलाई सत्तोसराप गर्ने देश होइन भन्न मिल्दैन । नेपालको गणतन्त्र र गणतन्त्रका हिमायती राजनीतिक दलले पलायन हुने पुस्ताका लागि भविष्य निर्धारणको बाटो पहिल्याउन सकेनन् । विदेशी भूमिका लागि पाइला उचाल्ने पुस्ताका लागि खोइ भविष्य ? स्वदेशमा बस । यहीँ केही गर भन्ने बलियो आधार खोइ राजनीतिमा ? नेपालका किसान र व्यापारीलाई हेरेर नीतिनिर्माण नगर । विदेशमा जस्तो केही घण्टा काम गर्ने उद्योग र व्यापारिक प्रतिष्ठान खोइ ? आमाबाबाका सपनालाई साकार पार्न विदेश नै जानुपर्ने बाध्यताबाट आजको पुस्तालाई मुक्त गर्ने नीति खोइ ?
देशको युवाशक्तिलाई स्वदेशमै रोक्ने रोजगारी खोइ ? राजनीति तिमी, तिम्रा आफन्त र आसेपासेका लागि मात्र होइन । विद्यान पाएको तर शिक्षा पाएर प्रमाणपत्र हल्लाउँदै गरेको युवापुस्तालाई रोक । त्यस पुस्ताका लागि नीति निर्माण गर । स्वदेशमै काम गर्ने वातावरणको व्यवस्था गर । यही हो पलायन रोक्ने आधार । यसो गर्न सकिएन भने देशको राजनीति र गणतन्त्रको मियो हल्लनेछ । गणतन्त्र र युवा पुस्तालाई रोक्ने नीति ल्याऊ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच