
बैतडी । बैतडीको सिगास गाउँपालिका–१ माँडौमा शनिवार बिहान जिप दुर्घटनामा घाइते भएकामध्ये दुई जनाको मृत्यु भएको छ ।
सुपप्र ०१००१ च ४०२८ नम्बरको जिप सडकबाट अन्दाजी ५ सय मिटर तल खस्दा सिगास गाउँपालिका–१ इरानाका १४ वर्षीया जयन्ती धामी र १९ वर्षीया पार्वती धामीको उपचारका क्रममा डडेल्धुरा अस्पतालमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बैतडीले जानकारी दिएको छ।
शनिवार बिहान ५ बजे सिगास गाउँपालिका १ गणानाबाट इराना जाने क्रममा सोही वडाको माँडौ भन्ने स्थानमा सुपप्र ०१ ००१ च ४०२८ नम्बर जिप दुर्घटना भएको थियो ।
दुर्घटनामा सिगासकै ४० वर्षीय तुलसी धामी, १६ वर्षीया निरा धामी, १८ वर्षीया कमला धामी, र १४ वर्षीया भागरथी धामी घाइते भएका छन्। गम्भीर घाइते उनीहरूको डडेल्धुरा अस्पतालमा उपचार भइरहेको छ।
जिप सडकबाट अन्दाजी ७ सय मिटर तल खसेको छ । घटनाको बिषयमा थप अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच