
काठमाडौं । नेपाली काँग्रेस उद्यमशिलता र साना तथा मझौला व्यवसायी विभागले नेपाल स्टार्ट अप र साना तथा मझौला सम्मेलन गर्ने भएको छ ।
आउँदो माघ १६ र १७ गते विभागले नेपाल स्टार्ट अप र साना तथा मझौला सम्मेलन गर्ने भएको हो ।
शनिवार पार्टी केन्द्रिय कार्यालय सानेपामा पत्रकार सम्मेलन गर्दै सम्मेलनबारे जानकारी दिएको हो । पत्रकार सम्मेलनमा बोल्दै नेपाली काँग्रेस उद्यमशिलता र साना तथा मझौला व्यवसायी विभागकी प्रमुख उर्मिला थपलियाले साना तथा मझौला व्यवसायीहरुका लागि यो सम्मेलन परिचयात्मक कार्यक्रम हुने बताउनु भयो । उहाँले युवाहरुलाई उमशिलतामा प्रोत्साहन गर्न सम्मेलन महत्वपूर्ण हुने बताउनु भयो । सम्मेलनमा सबैभन्दा युवाहरुलाई बढी जोडिने जानकारी दिनुभयो ।
उहाँले सम्मेलनले साना तथा मझौला व्यवसायीका लागि नीति निर्माण गर्न सहज हुने विश्वास व्यक्त गर्नुभयो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच