
काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले जान्नेलाई छान्ने नाममा नेपाललाई अस्थिरताको दुष्चक्रमा फसाउने षड्यन्त्र गरिएको बताउनुभएको छ ।
शनिवार काठमाडौंमा युवा संघ नेपालले आयोजना गरेको राष्ट्रिय कार्यकर्ता भेलालाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले पुराना पार्टी असफल भए अब नयाँ खोज्नुपर्छ भन्ने भ्रम फैल्याएको बताउनु भयो । उहाँले राष्ट्रिय स्वतन्त्र पार्टीप्रति लक्षित गर्दै जान्नेलाई छान्ने भन्ने अयिन्ताहरु सहकारीको रकम कम्पनीमा प्रयोग गर्न पाइँदैन भन्ने पनि जानकारी नराख्नेहरु रहेको बताउनु भयो ।
उहाँले जान्नेलाई छान्ने भन्नेहरुले नेपालको कानून पहिला जान्नुपर्ने बताउनु भयो । अब युवाहरुले बुझिसकेको भन्दै युवाहरु भ्रमित नहुने बताउनु भयो । मुलुकका समस्या समाधान गर्नका लागि अनुभव नभएकाहरु र राजनीतिक विज्ञानसँग बेखबर भएका, सामाजिक सञ्जालमा लोकप्रियता हाँसिल गरेका भरमा राजनीतिको मैदानमा सफल नभइने बताउनु भयो । राजनीति आफैँमा एउटा विज्ञान भएको बताउनु भयो ।
महासचिव पोखरेलले भन्नुभयो, ‘पुराना पार्टी असफल भए अब नयाँ खोज्नुपर्दछ । कस्तो नयाँ खोज्नुपर्दछ । नयाँ खोज्नेहरुले नारा लगाए, जान्नेलाई छान्नुपर्दछ । नारा सारै मिठो थियो । छान्नै पर्दछ, जान्नेलाई नै छान्नुपर्दछ । तर कस्ता रहेछन् त नेता भन्दा सहकारीको रकम कम्पनीमा प्रयोग गर्न पाइँदैन भन्ने कानून पनि पढ्न नजान्नेहरु जान्नेलाई छान्नेका अभियान कर्ता रहेछन् । नेपालको कानून के छ ? भन्नेकुरा त जान्नुप¥यो नि, जान्नेलाई छान्नेहरुले । परेन ? कुनैपनि संस्थाबाट ल्याएको रकम फिर्ता गर्नुपर्दछ भन्ने मान्यताका आधारमा त्यो रकमको सदुपयोग गर्नुपर्दछ, भन्नेकुरा त जान्नुप-यो नि । जहाँबाट पनि ल्याएको छ, मनपरी खर्च गरेको छ । संस्था डुबाएको छ । नारा लगाएको छ, जान्नेलाई छान्ने ? त्यसका पछाडि युवालाई भ्रममा पार्ने । अब युवाहरु भ्रमित हुनेवाला छैनन् । जान्नेलाई छान्ने नाममा नेपाललाई अस्थिरताको दुष्चक्रमा फसाउने षड्यन्त्र गरिएको थियो भन्नेकुरा युवाहरुले अब बुझिसकेका छन् । मुलुकका समस्या समाधान गर्नका लागि अनुभव नभएका, एक प्रकारले भन्ने हो भने राजनीतिक विज्ञानसँग बेखबर भएका, सामाजिक सञ्जालमा लोकप्रियता हाँसिल गरेका भरमा राजनीतिको मैदानमा सफल भइन्छ भन्ने हुँदैन । राजनीति आफैँमा एउटा विज्ञान हो ।’
महासचिव पोखरेलले राजनीति गर्नेहरुले संघर्ष गर्न सक्नुपर्ने र धैयर्ता राख्न सक्नुपर्ने बताउनु भयो । सयौँ फूलहरु फुल्न दिनुपर्छ भन्नुको अर्थ सयौँ पार्टीहरु खोलेर सत्ताको राजनीतिमा लुछाचुँडी गर्नुपर्छ भन्ने नभएको बतएनु भयो । समाजवादका नाममा अनेक प्रकारका दलहरुले खोलेर समाजवादी आन्दोलनलाई कमजोर पार्ने काम भइरहेको बताउनु भयो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच