
-एल बि मगर
रोल्पा । रोल्पामा नेपाली सेनाले शनिबार साँझ सकेट बम डिस्पोज गरेको जिल्ला प्रहरी कार्यालय रोल्पाले बताएको छ।
प्रहरीका अनुसार रोल्पाको त्रिबेणी गाउँपलिका-२ दहवन स्थित सहिदमार्ग सडक आयोजनाको कार्यालयको परिसरमा फेला परेको पुरानो सकेट बम शनिबार करिब ४:३० बजेकाे समयमा सोही ठाँउ नजिकै तालिममा खटिएको लिवाङस्थित नेपाली सेनाको बटुक दल गणका सेनानी रामप्रताप गडेरीको नेतृत्वमा गएको तालिम प्राप्त ५ जनाको टोलीले बम डिस्पोज गरेको हाे।
शनिबार दिउँसो सहिदमार्ग सडक आयोजना कार्यालयको परिसर भित्र सेप्टी ट्याङ्की खन्ने क्रममा सकेट बम फेला परेको थियो ।
खबर पश्चात ईलाका प्रहरी कार्यालय होलेरी रोल्पाका प्रमुख प्रहरी निरीक्षक सरोज प्रजापतिको नेतृत्वमा ७ जनाको प्रहरी टोली र नेपाली सेनालाई खवर भएपछि उक्त बम डिस्पोज गरेको बताइएको छ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच