
काठमाडौं । सभामुख देवराज घिमिरेले संस्कृति, कला र साहित्य देशको अमूल्य निधी भएको बताउनुभएको छ ।
शनिवार काठमाडौंमा प्रथम गलबन्धी फिल्म्स एण्ड म्युजिक अवार्डको अवसरमा आयोजित कार्यक्रममा बोल्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले कला क्षेत्र मनोरञ्जन र हेर्न तथा देख्नका लागि मात्रै नभइ सही कुराहरु आत्मसाथ गर्न र गलत कुराहरु परित्याग गर्नका लागि महत्वपूर्ण औजार भएको बताउनु भयो । उहाँले राष्ट्रलाई राष्ट्रिय समुन्नतिले बलियो बनाउनुपर्ने आवश्यकता रहेको बताउनु भयो । संस्कार र संस्कृतिको विकासमा सबैले सहयोग गर्नुपर्ने बताउनु भयो । राष्ट्रिय एकता र राष्ट्रिय संस्कृतिको जगेर्ना गर्न आग्रह गर्नुभयो ।
सभामुख घिमिरेले भन्नुभयो, ‘हाम्रो संस्कृति, हाम्रो कला, हाम्रो साहित्य अमूल्य निधी हुन् । खासगरी कला, कलाका विभिन्न विधाहरु हुन्छन् । कला क्षेत्र मनोरञ्जन र हेर्न तथा देख्नका लागि मात्रै होइन । सही कुराहरु आत्मसाथ गर्न र गलत कुराहरु परित्याग गर्नका लागि महत्वपूर्ण औजार हो । लोकगीत, लोकसंस्कार। लोकभाको जगेर्ना गर्नुपर्नेछ ।’
सभामुख घिमिरेले सही कुरा अघि बढाउँदा राष्ट्रको समुन्नति हुने बताउनु भयो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच