
नवलपरासी । नेपाल निजामती कर्मचारी युनियन नवलपरासीको ९ औं जिल्ला अधिवेशनबाट नयाँ नेतृत्व चयन भएको छ ।जसको अध्यक्षमा सुन्दर खनाल चयन हुनुभएको छ । खनालको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरिएको हो ।
परासीमा भएको अधिवेशनमा युनियनका जिल्ला अध्यक्ष सनद गिरीको अध्यक्षतामा भएको कार्यक्रमको नेपाली कांग्रेस लुम्बिनी प्रदेश समितीका महामन्त्री एवम् संबिधान सभा सदस्य बिक्रम खनालले उद्घाटन गर्दैे कर्मचारी युनियन नेपाली कांग्रेसको बौद्धिक मेरुदण्डको संगठन भएकोले पार्टीले उचित मुल्याकंन गर्नुपर्ने बताउनुभयो ।
नेता खनालले युनियनमा आबद्ध कर्मचारीले सेवाग्राहीलाई गर्ने कार्यालय मैत्रीपुर्ण ब्यवहारले पार्टीको संगठन विस्तारमा महत्वपूर्ण भूमिका निर्वाह गर्ने भएकाले युनियनलाई पार्टीले महत्वपूर्ण शक्तिको रुपमा लिनुपर्ने बताउनुभयो ।
नेता खनालले युनियनले पार्टीको संगठन विस्तारमा महत्वपुर्ण भुमीका निर्वाह गर्न सक्ने भएकोले युनियनमा आबद्धले पार्टी मूल्य र मान्यता अनुसार एक निष्ठावान कर्मचारीको रुपमा सेवाग्राहीलाई सेवा दिनुपर्नेमा जोड दिनुभयो । कार्यक्रममा नेपाली कांग्रेस नवलपरासीका कार्यावहाक सभापति बिक्रम यादव, नेपाली कांग्रेसका जिल्ला सचिव एवंम् प्रतापपुर गाउंपालिकाका अध्यक्ष उमेश चन्द्र यादव, प्रदेश सभा सदस्य बैजनाथ कलवार , युनियनका उपमहासचिव गणेश भण्डारी , युनियनका लुम्विनी प्रदेश अध्यक्ष बाबदेव शर्मा खनाल , केन्द्रिय सदस्यहरु सुनिल लामीछाने , बिनोद अधिकारी , नविन पन्थी , हरि ज्ञवाली , सरस्वती रेग्मी लगायत बोल्दै सरल र सेवा प्रवाहमा कर्मचारीकाे महत्वपूर्ण भूमिका रहेकाे धारणा राख्नु भयो ।
यसैगरी सो कार्यक्रममा युनियनका नेताहरु झलक बहादुर आले ,श्रीधर अधिकारी ,चक्रपाणी पाण्डे , भगवती पाण्डे ,नेपाल शिक्षक संघका अध्यक्ष भोजराज चापागाई , स्वास्थ्यकर्मी संघका वावुराम तिमिल्सीना, .नेपाल प्रेस युनियन नवलपरासीका पुर्व सभापति पुरुषोत्तम सुबेदी लगायतले शुभकामना ब्यक्त गर्नुभयो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच