
एजेन्सी । मुल्तान पाकिस्तानका नोमान अलीले टेस्ट क्रिकेटमा हृयाट्रिक विकेट लिनुभएको छ । वेष्ट इण्डिजविरुद्धको खेलको खेलको पहिलो दिनमै ३८ वर्षीय अलीले हृयाट्रिक लिएर इतिहास रच्नुभएको छ । टेस्ट क्रिकेटमा हृयाट्रिक विकेट लिने उहाँ पहिलो पाकिस्तानी स्पिनर हो ।
मुल्तान टेस्टको पहिलो दिनको ८औँ ओभरमा कप्तान शान मसुदले उहाँलाई बल दिनुभएको थियो । यसपछि नोमानले आफ्नो स्पिन बलिङको जादु देखाउँदै दोस्रो ओभरमा नै विकेट लिनुभयो । यसपछि उहाँले इनिङ्सको १२औँ ओभरमा बलिङ गर्न आउनुभयो र एकपछि अर्को गर्दै ३ विकेट लिएर इतिहास रच्नुभयो ।
उहाँले ओभरको पहिलो तीन बलमा जस्टिन ग्रिभ्स, टेभिन इम्लाच र केभिन सिन्क्लेयरलाई आउट गर्दै हृयाट्रिक पूरा गर्नुभयो । अली पाकिस्तानका लागि टेस्टमा हृयाट्रिक गर्ने पाँचौं पाकिस्तानी बलर हो । यसअघि वासिम अक्रम, अब्दुल रज्जाक, मोहम्मद सामी र नसिम शाहले यो उपलब्धि हासिल गरिसक्नुभएको छ । तर, उनीहरू स्पिनर थिएनन् ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच