
लण्डन । म्यानचेस्टर सिटीका कप्तान काइल वाकर इटालियन क्लब एसी मिलानमा सामेल हुनुभएको छ । इंग्लिस प्रिमियर लिग टोली सिटीका कप्तान वाकर बाँकी सिजनका लागि वाकर लोनमा मिलान जानुभएको दुवै क्लबले जनाएका छन् । मिलानले जारी गरेको विज्ञप्तिमा इंग्ल्याण्डका राइट–ब्याक वाकरलाई किन्न सक्ने विकल्पसहित सम्झौता भएको उल्लेख छ । वाकरका लागि मिलानले ५.२४ मिलियन डलर खर्च गरेको स्काई इटालीले जनाएको छ ।
३४ वर्षीय वाकरले सिटीका लागि ३१९ खेल खेल्नुभएको छ । उहाँ अन्तिम पटक जनवरी ४ मा प्रिमियर लिगमा सिटीले वेस्टहृयाम युनाइटेडमाथिको ४-१ को जित हात पारेको खेलमा टिममा सामेल हुनुहुन्थ्यो । त्यसको एक सातापछि एफए कपको तेस्रो राउण्डमा साल्फोर्डमाथि सिटीले ८-० को जित हात पार्दा टिमबाहिर हुनुहुन्थ्यो ।
२०१७ मा टोटनहृयामबाट म्यानचेस्टर सर्नुभएका वाकरले २०२३ मा तीन वर्षका लागि सम्झौता नवीकरण गर्नुभएको थियो । पेप ग्वार्डियोलाको नेतृत्वमा सिटीको प्रिमियर लिग जितेका सबै छ खेलमा उहाँ टिममा हुनुहुन्थ्यो । वाकरले इंग्ल्याण्डका लागि ९३ क्याप जित्नुभएको थियो । बुधबार पेरिस सेन्ट जर्मेन (पिएसजी) सँग ४-२ को हारपछि सिटी च्याम्पियन्स लिगबाट बाहिरिने खतरामा छ । सिटी प्रिमियर लिग तालिकामा पाँचौं स्थानमा छ । एजेन्सी ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच