
काठमाडौं । नेपालमा पहिलोपटक एसियन सुटिङ बल च्याम्पियनसिप प्रतियोगिता आयोजना हुने भएको छ । नेपाल सुटिङ बल संघले काठमाडौंमा पत्रकार सम्मेलन गरी माघ १७ देखि १९ गतेसम्म इटहरीमा प्रतियोगिता गर्न लागेको जानकारी गराएको हो ।
सन् २०२४ मा सुटिङ बल वल्र्ड कपमा नेपालका तर्फबाट महिला तथा पुरुष टोलीले उत्कृष्ट प्रदर्शन गर्दै तेस्रो स्थान हासिल गरेको थियो ।
सम्मानस्वरूप यो प्रतियोगिता नेपालमा आयोजना गर्न लागिएको एसियन सुटिङ बल संघका अध्यक्ष केशवकुमार विष्टले जानकारी गराउनुभयो । प्रतियोगितामा नेपाल, भारत, पाकिस्तान, बंगलादेश र युएईका महिला तथा पुरुष टोलीको सहभागिता रहने जनाइएको छ ।
प्रतियोगितामा एसियाका ११ देशका खेलाडी सहभागी हुने बताइएको छ । विभिन्न देशबाट प्रतियोगीहरू आउने भनिए पनि पूर्वी एसियामा बढेको तनावका कारण पाँच देशका खेलाडीमात्र सहभागी हुने निश्चित भएको विष्टको भनाइ छ ।
आयोजक देश नेपालले महिला र पुरुष दुवै समूहमा ‘ए’ र ‘बी’ गरी चार टोलीलाई प्रतिनिधित्व गराउने राखेपका पूर्व सदस्य-सचिवसमेत रहनुभएका विष्टले बताउनुभयो ।
च्याम्पियनसिपको उद्घाटन माघ १८ गते पूर्वप्रधानमन्त्री एवं एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपालले गर्नुहुनेछ । पाँच देशका झण्डै दुई सय खेलाडीहरूको सहभागिता रहने च्याम्पियनसिपमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडीहरू, ओलम्पियनहरू र अन्य विशिष्ट पाहुनाहरूको उपस्थिति रहने एसियन सुटिङ बल संघका महासचिव जितेन्द्र तोमरले जानकारी गराउनुभयो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच