
काठमाडौं । एपिएफले त्रिभुवन आर्मी एफसीविरुद्ध दुई-एकको पुनरागमन जित निकाल्दै एन्फा महिला लिग फुटबलको फाइनलमा प्रवेश गरेको छ । सुरुमै पछि परेको एपिएफका लागि रश्मीले अन्तिम १५ मिनेटमा दुई गोल गरेपछि एपिएफले क्वालिफायर वानअन्तर्गत विभागीय डर्बीमा आर्मीमाथि सानदार कमब्याक गर्दै जित निकालेको हो ।
सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा भएको खेलमा हिमा चौधरीले आठौं मिनेटमा गोल गर्दै आर्मीलाई सुरुवाती अग्रता दिलाउनुभएको थियो । एक घण्टाभन्दा बढी समयमा आर्मी खेलमा अग्रता बनाउन सफल थियो । तर, अन्तिम समयमा सम्हालिन सकेन ।
७८औँ मिनेटमा आर्मीकै डिफेन्सको गल्तीमा रश्मीकुमारी घिसिङले एपिएफका लागि बराबरी गोल फर्काउनुभयो । त्यसपछि ८७औँ मिनेटमा रश्मीले व्यक्तिगत दोस्रो गोल गर्दै एपिएफलाई दुई-एकको अग्रता दिलाउनुभयो । त्यही गोल निर्णायक बन्दा एपिएफ जित निकाल्दै फाइनल पुगेको हो ।
एपिएफ अब उपाधिबाट एक जित टाढा छ । एपिएफले आगामी बुधबार हुने फाइनलमा क्वालिफायर टु को विजेतासँग खेल्नेछ । पराजित भए पनि आर्मीले सोमबार अर्को विभागीय टोली नेपाल पुलिस क्लबसँग क्वालिफायर टु खेल्ने अवसर पाउनेछ । पुलिसले शुक्रबार इलिमिनेटरमा बागमती युथ क्लबलाई पराजित गर्दै क्वालिफायर टु मा प्रवेश गरेको थियो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच