
काठमाडौं । नेपाली गीतसंगीत र फिल्म क्षेत्रका कलाकर्मीलाई अवार्ड तथा सम्मान प्रदान गर्ने कार्यक्रम ‘विराट म्युजिक एण्ड फिल्म अवार्ड’को तेस्रो संस्करणको सम्पन्न भएको छ । संगीतको २४ विधा र फिल्मको सात विधा गरी जम्मा ३१ विधामा अवार्ड प्रदान गरिएको संयोजक सुरज पौडेलले जानकारी दिनुभयो ।
अवार्डमा प्रतिष्ठित गीतकार प्रमोद ढुंगानालाई २५ हजार ५५५ रुपैयाँ नगदसहित दीर्घ साधना सम्मान प्रदान गरिएको थियो भने पत्रकार सामिप्यराज तिमल्सेनालाई ११ हजार १११ नगद रुपैयाँसहित पत्रकारिता पुरस्कार प्रदान गरिएको थियो ।
सेलिब्रेटी नेपाल प्रतिष्ठानको आयोजनमा भएको कार्यक्रममा २०८० सालमा प्रदर्शनमा आएका फिल्म र गीत संगीत समावेश गरेर उत्कृष्टलाई अवार्ड प्रदान गरिएको जनाइएको छ । पूर्वभौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वालाको प्रमुख अतिथि रहेको कार्यक्रममा चलचित्र विकास बोर्डका अध्यक्ष दिनेश डिसीको विशेष उपस्थितिमा साथमा नेपाली चलचित्र क्षेत्रका थुप्रै कलाक्षेत्रका व्यक्तित्वको उपस्थिति थियो ।
कार्यक्रममा विभिन्न क्षेत्रमा योगदान पुर्याउने व्यक्तित्वहरूलाई सम्मान गरिएको थियो । सम्मानित हुनुहुनेमा नेपाल चेम्बर अफ कमर्सका निवर्तमान अध्यक्ष राजेन्द्र मल्ल, इन्टरनेसनल मोडल दीपक घिमिरे, निर्देशक घनश्याम लामिछाने, वरिष्ट पत्रकार तथा गीतकार गोपालप्रसाद थपलिया, किड्स मोडल अनया शाह, फेशन डिजाइनर विकाश खड्का, गीतकार हरि उप्रेती, समाजसेवी कमलप्रसाद दाहाल, फेशन डिजाइनर पुरनबहादुर कुँवर, गायक रुद्रशेखर शर्मा रहनुभएको थियो । अवार्डको जुरी टिममा संगीतकार राजु सिंह, छायाँकार राम केसी, कोरियोग्राफर लिगेश भट्टराई र मोडल उत्साह घिमिरे रहनुभएको थियो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच