
काठमाडौं । चलचित्र ‘माया प्रीति’ निर्माण हुनेभएको छ । रोमान्टिक कमेडी जनरामा ‘माया प्रीति’ बन्ने भएको हो । अवि श्रेष्ठले निर्देशन गर्ने चलचित्रको कार्यकारी निर्मातामा चर्चित अभिनेत्री निशा अधिकारीसहित सन्तोषकुमार कार्की रहनुभएको छ । वन टू थ्री स्टुडियोज् प्रालिको ब्यानरमा बन्ने चलचित्रको क्रिएटिभ निर्देशक प्रणव जोशी रहनुहुनेछ ।
‘माया प्रीति’को निर्माण टोली नेपाल टेलिभिजनको लोकप्रिय शो ‘प्ले इट अन’मा पाँच वर्षसम्म लगातार काम गरेको अनुभवी समूह हो । यस चलचित्रको लागि शो का प्रस्तोताहरू अभी श्रेष्ठ र निशा अधिकारी, सहायक कार्यक्रम निर्माता सन्तोष कुमार कार्की र क्रिएटिभ निर्देशक प्रणव जोशी पुनः जुटनुभएको हो ।
निर्देशक अवि श्रेष्ठका अनुसार यो नयाँ युगको प्रेम कथा हो, जसले सहज वा असहज परिस्थितिमा पनि प्रेमको मूल्यलाई एकसमान राख्छ । यस चलचित्रबाट निर्देशनमा डेब्यू गर्न लाग्नुभएका श्रेष्ठले हलिउडको प्रसिद्ध टेलिभिजन च्यानल एचबिओमा काम गर्नुभएको थियो । उहाँले अन्य विभिन्न अन्तर्राष्ट्रिय परियोजनामा पनि काम गर्नुभएको छ ।
प्रणव जोशी चर्चित चलचित्र ‘रेशम फिलिली’का निर्देशक हुनुहुन्छ, जो यस पटक ‘माया प्रीति’का क्रिएटिभ निर्देशकका रूपमा रहनुहुनेछ । उहाँ एक कुशल एआइ कलाकार पनि हुनुहुन्छ ।
अभिनय यात्रामा थुप्रै हिट चलचित्रमा काम गर्नुभएकी लोकप्रिय अभिनेत्री निशा अधिकारी यस चलचित्रमा कार्यकारी निर्माताको रूपमा रहनुभएको छ । त्यस्तै, कार्यकारी निर्माताको रूपमै फोटोग्राफी र अभिनयको क्षेत्रमा परिचित सन्तोष कुमार कार्की रहनुहुनेछ । ‘माया प्रीति’मार्फत चलचित्र निर्माण सुरु गरेको वन टू थ्री स्टुडियोजले आगामी दिनमा लगातार अन्य चलचित्र निर्माण गर्ने तयारी गरिरहेको जनाएको छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच