
काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारीले नेपालमा व्यावसायिक गतिविधि बढाउन पाकिस्तान सरकारसँग आग्रह गर्नुभएको छ । मन्त्रालयमा मन्त्री भण्डारी र नेपालस्थित पाकिस्तानी राजदूत अब्रार एच हश्मीबीच शुक्रबार भएको भेटका क्रममा सबै मुलुकसँग नेपालले व्यावसायिक सहकार्यलाई बढावा दिन चाहेकाले पाकिस्तान सरकारलाई पनि व्यावसायिक सहकार्यका लागि आग्रह गर्नुभएको हो । नेपालको संघीय संसद्ले नेपाल-पाकिस्तान संसदीय मैत्री समूह गठन गरेको जानकारी गराउँदै मन्त्री भण्डारीले संसदीय आदानप्रदानले द्विपक्षीय सम्बन्ध अझ सुदृढ पार्न महत्वपूर्ण भूमिका खेलेको बताउनुभयो ।
उहाँले भन्नुभयो, ‘हामीले दुई राष्ट्रबीच अर्थमन्त्रीस्तरमा संयुक्त आर्थिक आयोग र विदेश सचिवस्तरमा द्विपक्षीय राजनीतिक परामर्श संयन्त्रको स्थापना गरेका छौं, हामीले यी संयन्त्रमार्फत् संवाद र सम्पर्क जारी राख्नु आवश्यक छ । अर्थमन्त्रीस्तरमा संयुक्त आर्थिक आयोगको सातौं बैठक र विदेश सचिवस्तरमा द्विपक्षीय राजनीतिक परामर्श संयन्त्रको पाँचौं बैठक नेपालमा आयोजना हुने भएको छ ।’
नेपाल र पाकिस्तान निकट छिमेकी भए पनि सोचेजस्तो द्विपक्षीय व्यापार हुन नसकिरहेको उल्लेख गर्दै मन्त्री भण्डारीले व्यापार र आर्थिक क्षेत्रमा सहकार्य बढाउन आवश्यक रहेको बताउनुभयो । दुई देशबीचको व्यापार तथा आर्थिक अन्तरनिर्भरता बढाउन दुवै देशको व्यापार सहजीकरण गर्ने र ‘लजिस्टिक’ चुनौती सम्बोधन गर्नेतर्फ संयुक्तरूपमा थप प्रयास गर्नुपर्ने मन्त्री भण्डारीको भनाइ थियो ।
पाकिस्तानी राजदूत हश्मीले पाकिस्तान सरकारले नेपालमा व्यावसायिक गतिविधि बढाउन चाहेको जानकारी गराउँदै नेपालको चिया तथा कफी पाकिस्तानमा राम्रै परिमाणमा निर्यात भइरहेकाले ब्राण्डिङ र गुणस्तर सुधार गरिए निर्यात वृद्धि हुने बताउनुभयो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच