
काठमाडौं । नेपालका लागि दिपलको आधिकारिक बिक्रेता एमएडब्लु वृद्धिले नयाँ कन्भर्टेवल एसयुभी इ-०७ शोरुममा राखेको छ । सीमित आमन्त्रितहरूका लागि ‘एक्सक्लुसिप स्निक पिक’ कार्यक्रमअन्तर्गत शोरुममा राखिएको कम्पनीले जनाएको छ । सोमबार आधिकारिक बिक्री घोषणा हुने इ-०७ शनिबार बिहान ११ बजेदेखि बेलुका ४ बजेसम्म शोरुममा राखिएको हो ।
कम्पनीका अनुसार विश्वकै पहिलो कन्भर्टेवल कारका रूपमा आएको इ-०७ एसयुभी लग्जरी पिकअपका रूपमा प्रयोग गर्न मिल्ने गाडी हो । इ-०७ टु हिृवल ड्राइभ सिस्टममा उपलब्ध हुनेछ भने १९० किलोवाटको रियर हिृवल मोटर दिइएको छ । ब्याट्री भने ८९.९८ किलोवाट आवरको रहेको छ, जसले पाँच सय ६६ किलोमिटर रेन्ज दिने बताइएको छ ।
चालकको इच्छा र आवश्यकताअनुसार निभो इ-०७ को उपयोग नै परिवर्तन गर्न सकिन्छ । पारम्परिक एसयुभीको विपरीत निभो इ–०७ केही सेकेण्डमै पिकअपमा परिणत हुन सक्छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच