काठमाडौं । राइड सेयरिङ कम्पनी इनड्राइभले आफ्ना सेवाग्राहीमाथि भएका दुव्र्यवहारका घटनाको निन्दा गरेको छ । इनड्राइभका एसिया प्यासेफिक रिजनल डाइरेक्टर मार्क टलीले भन्नुभयो, ‘इनड्राइभले आफ्ना सेवाग्राहीमाथि गरिने कुनै पनि आपत्तिजनक वा गैरकानुनी कार्र्यलाई कडारूपमा अस्वीकार गर्दछ । साथै यस्ता कार्यप्रति इस्ट्रिक जेरो टोलरेन्स नीति कायम राख्छ र यस्तो व्यवहारको कडा निन्दा गर्छ । हामीले हाम्रा सेवाग्राहीको सुरक्षा र सन्तुष्टि विशेष गरी महिलाको सुरक्षा र उनीहरूको अनुभव सधैं उच्च प्राथमिकतामा राख्दै आएका छौं । हालै हामी हाम्रा सेवाग्राहीले भोग्नुपरेको दुःखद घटनाप्रति हामी खेद व्यक्त गर्दछौं र क्षमाप्रार्थी छौं ।’
उहाँले अगाडि भन्नुभएको छ, ‘इनड्राइभ एक जिम्मेवार र आफ्नो सेवाग्राहीलाई अग्रस्थानमा राख्ने कम्पनी हो । हामी यस घटनामा सम्बद्ध महिलाको निष्पक्ष न्याय सुनिश्चित गर्न सम्बन्धित निकायहरूसँग पूर्णरूपमा सहकार्य गरिरहेका छौं । हामी यस विषयमा सम्बन्धित अधिकारीहरूलाई पूर्ण सहयोग गरिरहेका छौं । हाम्रा सेवाग्राहीको विश्वास हाम्रो मुख्य मान्यता हो र हामी हाम्रो सेवामा निरन्तर सुधार गर्न प्रतिवद्ध छौं, किनकि विश्वव्यापीरूपमा इनड्राइभका लागि सेवाग्राहीको विश्वास एक प्रमुख मूल्य हो । हामी इनड्राइभसँग तपाईंले गर्ने प्रत्येक छनोट सुरक्षित छ भनी सुनिश्चित गर्ने लक्ष्य राख्छौं, त्यसैले हामीले प्रयोगकर्तालाई विभिन्न सुरक्षा सुविधाहरू प्रदान गरिरहेका छौं जस्तैःसेफ्टी बटन, सेयर योर राइड, रेट योर ड्राइभर र एण्ड पेसेन्जर ।’
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच