
पोखरा । सूर्य नेपाल गल्फ टुर २०२४–२५ अन्तर्गतको चौथो प्रतियोगिता सूर्य नेपाल वेस्टर्न ओपनअन्तर्गत प्रो–एमको उपाधि प्रो सञ्जय लामाको टिमले जितेको छ । कुल १४८ स्कोर जोड्दै सञ्जयको टिम पहिलो भएको हो । प्रो सञ्जयले ३४, युवा एमेच्योर ड्यानियल बानियाँले ३९, दिप्सन लामा र मनिष शेरचनले समान ३६ स्कोर गर्नुभएको छ ।
प्रो जयराम श्रेष्ठको टिम कुल १३५ स्कोरसाथ दोस्रो भयो भने जयरामले ३५ तथा एमेच्योर लिलाजंग गुरूङले ३४ तथा श्याम तामाङ र विश्व गुरूङले समान ३३ स्कोर गर्नुभयो । प्रो भुवन नगरकोटीको टिम १३० स्कोरमा तेस्रो भयो भने भुवनले ३४ स्कोर गर्दा एमेच्योर खेलाडीहरू राजेन्द्र गौचन, बलराम थापा र राजु थकालीले समान ३२/३२ अंक जोड्नुभयो । महिलातर्फको उत्कृष्ट कार्ड गीता गुरूङले बनाउँदै ३० स्कोर गर्नुभयो भने लङगेस्ट ड्राइभ उपाधि पेम्बा शेर्पा र क्लोजेस्ट टु दी पिनको उपाधि बलराम थापाले जित्नुभयो ।
आयोजकका अनुसार प्रो-एम इभेन्टमा शनिबार २० प्रोफेसनल गल्फरसहित कुल ९० खेलाडीले भाग लिएका थिए । विजयी खेलाडीलाई नेपाल गल्फ संघका वरिष्ठ उपाध्यक्ष पवित्रकुमार कार्की, हिमालयन गल्फ कोर्सका निर्देशक किरण केसी, गण्डकी प्रदेश गल्फ संघका अध्यक्ष इन्द्रधारा विष्ट र कास्की गल्फ संघका अध्यक्ष जिवाराम गुरूङले पुरस्कार प्रदान गर्नुभएको थियो ।
शुक्रबार सम्पन्न सूर्य नेपाल वेस्टर्न ओपन उपाधि भने निरज तामाङले जित्नुभयो । ५४-होलको प्रतियोगितामा निरजले १-अन्डर २०६ सहित उपाधि हात पार्नुभएको हो । २-ओभर २०९ सहित जयराम श्रेष्ठ दोस्रो तथा ३-ओभर २१० स्कोरमा भुवनकुमार रोक्का तेस्रो हुनुभयो ।
जयरामले एक लाख तथा भुवनले ७५ हजार नगद पुरस्कार प्राप्त गर्नुभएको छ । कुल दुई लाख ८८ हजार पुरस्कार राशिको प्रतियोगितामा ३४ प्रो र १८ एमेच्योर खेलाडीले प्रतिस्पर्धा गरेका थिए ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच