
रत्ननगर । ‘पर्यटकीय शहर, समुन्नत रत्ननगर’ भन्ने नारासहित स्थापित रत्ननगर नगरपालिका चितवनको २८औँ स्थापना दिवसका अवसरमा सोही नगरपालिकामा कार्यरत ई. कृष्णप्रसाद उपाध्याय उत्कृष्ट शाखा प्रमुखका रूपमा नगद पुरस्कारसहित सम्मानित हुनुभएको छ ।
‘ज्ञान, विज्ञान, सीप, उद्यम र मौलिकता : साझेदारी र प्रणालीगत सक्षमता’ भन्ने नारासहित रत्ननगर नगरपालिकाका नगरप्रमुख प्रहृलाद सापकोटाको अध्यक्षतामा सम्पन्न कार्यक्रममा पूर्व शिक्षा राज्यमन्त्री शेषनाथ अधिकारी प्रमुख अतिथि रहनुभएको थियो ।
उहाँलाई पाँच हजार रुपैयाँ नगदसहित सम्मान गरिएको हो । उहाँलाई इच्छाकामना गाउँपालिकाको १० औं वार्षिक सभामा समेत नगद पुरस्कारसहित सम्मान गरिएको थियो । सो अवसरमा ई. शंकरबहादुर कुँवर, वासु सापकोटालगायत १० जनालाई पुरस्कृत गरिएको थियो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच