
रूपन्देही । बुटवल उपमहानगरपालिकाको लगानीमा बुटवल १० रामनगरमा निर्माण भएको पशु वधशालामा बुटवलका मासु व्यवसायीहरू जाने भएका छन् । पशु वधशाला सञ्चालन भएदेखि आफूहरूले टेन्डर नपाएको भन्दै वधशाला नजाने घोषणा गरेका उनीहरूले २५ बुँदे सम्झौता गरी अब वधशालाबाटै स्वच्छ, सफा मासु बिक्री गर्ने भएका हुन् । पाँच वर्षका लागि टेन्डर पाएको मुक्तिनाथ लाइभस्टक बैंकले एक वर्ष समय बिताइसकेको छ तर आफूहरूले व्यवसायीसहित किसान, महिला उद्यमीको सहभागितामा निर्माण गरेको बुटवल मासु उत्पादन तथा प्रशोधन प्रालि(कम्पनी)ले टेन्डर नपाएको भन्दै बुटवलका मासु व्यवसायीले बुटवल उपमहानगरपालिकाले बनाएको नीतिविपरीत वधशालाको मासु बिक्री नगर्ने अडान लिँदै आएका थिए ।
सञ्चालन भएदेखि आफूहरूले टेन्डर नपाएको भन्दै वधशाला नजाने घोषणा गरेका मासु व्यवसायीले २५ बुँदे सम्झौता गरी अब वधशालाबाटै स्वच्छ र सफा मासु बिक्री गर्ने भएका छन् ।
तर, बुटवल उपमहानगरपालिका र मासु व्यवसायी संघ रूपन्देहीबीच २५ बुँदे सहमति भएपछि मासु व्यवसायीले अब वधशालाबाटै मासु बिक्री गर्ने भएका छन् । बुटवलमा एक औपचारिक कार्यक्रमबीच पशु वधशालाको मासु बिक्री गर्ने सहमति पत्र आदान–प्रदान गरिएको हो । यद्यपि सम्झौता गत माघ ८ गते नै भएको थियो । बुटवल उपमहानगरपालिकाका नगर प्रवक्ता तथा वडा नम्बर १५ का अध्यक्ष शिव राना र मासु व्यवसायी समिति रूपन्देहीतर्फबाट अध्यक्ष विशाल थापाले उक्त सम्झौतामा हस्ताक्षर गर्नुभएको हो ।
सो अवसरमा बुटवल उपमहानगरपालिका प्रमुख खेलराज पाण्डेयले बुटवलका हरेक समस्या समाधानका लागि नगरपालिका सकारात्मक भएर लाग्ने बताउनुभयो । उहाँले मासु व्यवसायीले वधशाला जाने निर्णय गर्नु आफैंमा सकारात्मक र स्वागतयोग्य भएको भन्दै विगतका वर्षमा मासु व्यवसायी रूपन्देही प्रालिले मासु वध गर्ने स्वीकृत नै नलिएका कारण र टेन्डरमा सहभागी नभएका कारण टेन्डर दिन नसकिएको जानकारी गराउनुभयो । उहाँले आगामी दिनमा प्रक्रियाबाट आउने जोकोहीलाई पनि नगरपालिकाले स्वागत गर्ने भन्दै समस्या समाधानका लागि सबैसँग हातेमालो गर्नेसमेत गर्ने बताउनुभयो । बुटवल उपमहानगरपालिका उपप्रमुख सावित्रादेवी अर्यालले वधशाला बुटवलबासी र लुम्बिनी प्रदेशका लागि आवश्यक रहेको भन्दै बुटवलमा वध गरेको मासु विदेशसमेत पठाउन सकिने गरी योजनना ल्याइएको वताउनुभयो । स्वास्थ्यका दृष्टिकोणबाट पनि वधशालामा बध गरिएको मासु नै उपभोगको विकल्प नरहेको भन्दै बुटवलबासीले बुटवलको वधशालाको मासु नै उपभोग गर्नुपर्नेमा जोड दिनुभयो । उपप्रमुख अर्यालले भन्नुभयो, ‘वधशालाबाहेक अन्य मासु प्रयोग गर्नुहुन्न, यदि होटल तथा रेष्टुरेन्टमा वधशालाको मासु नभएमा हामी शिल गर्न बाध्य हुनेछौं ।’
मासु व्यवसायी संघ नेपाल रूपन्देहीका अध्यक्ष विशाल थापाले सम्झौता उल्लेख गरिएको बुँदा पूर्णरूपमा पालन गर्नका लागि दुवै पक्ष सचेत हुनुपर्ने बताउनुभयो । बुटवल राम्रो बन्न सेवा प्रवाहका लागि सकारात्मक प्रचार गर्न आवश्यक रहेको उहाँको भनाइ थियो । थापाले भन्नुभयो, ‘राम्रो कामको प्रचारप्रसार नगरपालिकाले गर्न आवश्यक छ ।’ होटल तथा रेष्टुरेन्ट व्यवसायी संघ रूपन्देहीका अध्यक्ष लेखनाथ भण्डारीले होटल तथा रेष्टुरेन्ट व्यवसायी स्वच्छ, सफा मासु बिक्रीका लागि प्रतिबद्ध रहेको भन्दै सोहीअनुसारको योजना बनाएर लाग्नुपर्ने बताउनुभयो । बुटवलको पशु वधशाला प्रदेश सरकार र बुटवल उपहानरपालिकाको लगानी र हेफर इन्टरनेसनल नेपालको प्राविधिक सहयोगमा निर्माण गरिएको हो । जसमा हेफरले करिब चार करोडभन्दा बढीको प्राविधिक सहयोग गरेको थियो । २३ करोड बढी लागतमा पशु वधशाला निर्माण भएको हो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच