
सुर्खेत । कर्णाली प्रदेशसभा अन्तर्गतका संसदीय समितिको नेतृत्वले बल्ल पूर्णता पाएको छ । लामो समयदेखि नेतृत्वविहीन अवस्थामा रहेका प्रदेश सभाका चारवटै संसदीय समितिको नेतृत्व चयन भएको हो । तीनवटा समितिको सर्वसम्मत नेतृत्व चयन भएपछि मात्र सबै समितिले पूर्णता पाएका छन् । प्रदेशसभा सचिवालयका अनुसार तीनवटा समितिको नेतृत्व सर्वसम्मत रूपमा चयन गरिएको छ । प्रदेश मामिला समितिको सभापतिमा लामो समयदेखि एकीकृत समाजवादीका सांसद कल्याणी खड्काले नेतृत्व गर्दै आउनुुभएको छ ।
समितिले नेतृत्व पाएसँगै अब समितिमा अड्केका विधेयकहरूको विषयमा छलफल अगाडि बढ्ने अपेक्षा गरिएको छ । सदन नचलेका बेला सरकारलाई निर्देशन दिने, सरकारले गर्ने काम–कारबाहीमाथि निगरानी गर्ने र आवश्यक परे कारबाहीका लागि सिफारिशसमेत गर्ने लगायतका जिम्मेवारी रहेका समितिहरू नेतृत्वविहीन हुँदा कतिपय विधेयकहरू दुुई वर्षदेखि समितिमा अड्किएका थिए ।
जसअन्तर्गत नयाँ नेतृत्व पाउनेहरूमा सार्वजनिक लेखा समितिको सभापतिमा प्रमुख प्रतिपक्ष दल नेकपा (माओवादी केन्द्र)का सांसद विन्दमान विष्ट, सामाजिक विकास समितिको सभापतिमा सत्तारूढ दल नेपाली कांग्रेसका पूर्णबहादुर खत्री र अर्थ तथा प्राकृतिक स्रोत समितिको सभापतिमा नेकपा एमालेकी सांसद दक्षिणा कुमारी शाही चयन हुनुुभएको छ ।
विषयगत समितिको नेतृत्व टुंगो लगाउन प्रदेश सभाले बुधबार निर्वाचन कार्यतालिका सार्वजनिक गरेको थियो । सोहीअनुसार उम्मेदवारको मनोनयन दर्ताको तालिका रहेको थियो । तर, तीनवटै समितिमा एक÷एक जनाको मात्रै उम्मेदवारी परेपछि नेतृत्व सर्वसम्मत घोषणा गरिएको प्रदेशसभा सचिवालयले जनाएको छ ।
सचिवालयका सूचना अधिकारी राजेन्द्र पौडेलका अनुसार तीन प्रमुख राजनीतिक दलहरूको सहमतिअनुसार सार्वजनिक लेखा समिति प्रमुख प्रतिपक्ष दल माओवादी केन्द्रले लिएको छ । उक्त समितिमा यसअघि एमालेका जीतबहादुर मल्ल सभापति हुनुहुन्थ्यो । लेखा समिति प्रतिपक्षलाई दिँदै आएको अभ्यास भएकाले उहाँले असोज १५ गते राजीनामा दिनुुभएको थियो । तत्कालीन समयमा माओवादी–एमाले गठबन्धन बनेपछि अर्थ तथा प्राकृतिक स्रोत समितिका सभापति बन्नुुभएका दुर्गाबहादुर रावत ०८१ वैशाख १८ मा उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री बनेपछि समिति सभापतिविहीन बनेको थियो ।
यस्तै, सामाजिक विकास समितिका सभापति रहेका घनश्याम भण्डारी पनि २०८१ साउन २० मा मन्त्री बनेपछि उक्त समिति पनि सभापतिविहीन बन्न पुुगेको थियो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच