
दक्षिणी छिमेकी भारत आफ्नै ७६औं गणतन्त्र दिवस मनाइरहेको छ । सन् १९५० मा भारतको संविधन जारी भएको थियो । भारतको संविधानको साढे सात दशकको यात्रा निकै सफल र उपयोगी सावित भएको छ । १४० करोड जनसंख्या, धार्मिक, जातीय एवं भाषिक विविधता र विशाल क्षेत्रफलका बाबजुद त्यहाँका जनतामा अभूतपूर्व राष्ट्रप्रेम र एकता देख्न सकिन्छ । त्यहाँका जनताले संविधानलाई सर्वोपरि मानेका छन् र प्रत्येक समस्याको समाधान लोकतान्त्रिक तरिकाले तथा संविधानको परिधिभित्र रहेर नै चाहन्छन् । भारतको सफल संघीयता, उच्च कोटीको लोकतन्त्र र निरन्तर समृद्ध हुँदै गएको गणतन्त्रको चारैतिर प्रशंसा गरिन्छ । भारतको संविधानमा आवश्यकता अनुसार संशोधन भएका छन् । प्रत्येक संशोधनले त्यहाँको लोकतन्त्रलाई बलियो बनाएको छ ।
विश्वको पाँचौं ठूलो अर्थव्यवस्था बनेको भारत, चाँडै नै चौथो ठूलो अर्थव्यवस्था बन्ने दिशामा अग्रसर छ । विश्वको चौथो ठूलो सैन्य क्षमता भएको भारतले, सूचना प्रविधि, अन्तरिक्ष अनुसन्धान विज्ञान, शिक्षा, कला साहित्य एवं संगीतसमेतको क्षेत्रमा अभूतपूर्व उपलब्धि हासिल गरेको छ । भारतको सफल लोकतन्त्र, संघीयता र गणतन्त्र विश्वका अनेकौं देशहरूको निम्ति प्रेरणाको स्रोत बन्न सक्दछ । भारत, सन् १९४७ अगस्त १५ मा स्वतन्त्र भइसकेको थियो तर जुन दिन भारतले आफ्नो संविधान जारी लागू गर्यो । त्यसैदिन गणतन्त्र अथवा रिपब्लिक भारतको घोषणा गरियो ।
भारतका संविधान निर्माता डा.भीमराव अम्बेडकरले कुनै पनि देशको संविधान वकिलहरूले बनाएको कानुनी दस्तावेज मात्रै हुँदैन, यसमा मानवीय संवेदना र जनताका चाहना एवं अपेक्षालाई पनि समेटेको हुन्छ र संविधानको भाषा र दिशा प्रष्ट भएन भने यो केवल शब्दहरूको जंगलमात्रै सावित हुन्छ भनेका थिए ।
त्यसैदिन भारतका प्रधानमन्त्री पण्डित जवाहरलाल नेहरूले रावी नदीको किनारामा पूर्ण स्वराजको घोषणा गरेका थिए । त्यहाँका संविधान निर्माताहरूले दूरदर्शिता देखाएका थिए । संविधान कुनै धर्म, ग्रन्थ हुँदैन, यसमा संशोधनको सम्भावना रहन्छ तर संविधानको निर्माण भने ऋषिमनले अवश्य पनि हुनुपर्दछ । संविधान निर्माताको सोच संकीर्ण हुनुहुँदैन । भारतको संविधान जारी भएको ७५ वर्ष पूरा भइसकेको छ तर आजसम्म कसैले संविधान र शासन प्रणालीमाथि औँला ठड्याउने आवश्यकता महसुस गरेन ।
भारतका संविधान निर्माता डा.भीमराव अम्बेडकरले कुनै पनि देशको संविधान वकिलहरूले बनाएको कानुनी दस्तावेजमात्रै हुँदैन, यसमा मानवीय संवेदना र जनताका चाहना एवं अपेक्षालाई पनि समेटेको हुन्छ र संविधानको भाषा र दिशा प्रष्ट भएन भने यो केवल शब्दहरूको जंगलमात्रै सावित हुन्छ भनेका थिए । महाभारतमा भीष्म पितामहले युधिष्ठिरलाई गणतन्त्रको स्थिरता र गणतन्त्रको विकासका बारेमा सम्झाउँदै भनेका छन् । ‘क्रोधो भेदो भयं दण्ड ः कर्षर्ण निग्हो बध, नत्यरिवंश सद्यो गणान् भारत सत्तम ।’ संघका जनतामा क्रोध, भेद, भय, दण्डप्रहार, बन्धनमा राख्ने प्रकृति तथा मार्ने प्रवृत्ति उपस्थित भयो भने ती तत्काल शत्रुको बसमा परेको हुन्छन् ।
गणतन्त्रको सबैभन्दा बलियो पक्ष शासकीय पद्धति हुन्छ । शासकीय व्यवस्थामा जनताका जनजीविकाका सवालमा राज्य गम्भीर हुनु अनिवार्य मानिन्छ । गणतन्त्रको मूल मन्त्र जनतामा एकता हुनु हो । भारतको संविधानले त्यहाँका नागरिकलाई अधिकार सम्पन्न बनाई लोकतान्त्रिक गणतन्त्रलाई बलियो बनाउने काम गरेको छ । भारत वर्षमा गणतान्त्रिक प्रणालीको प्रमाण गौतम बुद्धको शासन कालमा पनि रहेको पाइन्छ । स्वयं सिद्धार्थ पनि एउटा गणराज्यमै जन्मेका थिए । कौटिल्यको अर्थशास्त्रमा गणराज्यहरूको शक्ति तथा कमजोरीको तुलनात्मक विश्लेषण राजतन्त्रसँग गरिएको पाइन्छ । गणतान्त्रिक राज्यसत्ता मौर्य साम्राज्यको स्थापनासँगै समाप्त हुन पुग्यो ।
गणतन्त्र र जनतन्त्रको सम्बन्ध बारे बुझ्नु आवश्यक छ । बेलायतमा राजतन्त्र छ, गणतन्त्र होइन तर जनतन्त्र निर्विवाद रूपले छ । अमेरिकामा गणतन्त्र पनि छ र जनतन्त्र पनि । फ्रान्सेली क्रान्तिपश्चात त्यहाँ बीच-बीचमा रूपान्तरित शासन पनि आयो तर पनि त्यहाँ गणतन्त्र र जनतन्त्र दुवै रहिरहृयो । कमनवेल्थका अनेकौं देशहरू क्यानडा, अष्ट्रेलिया र न्युजिल्याण्डमा जनतन्त्र त छ तर गणतन्त्र छैन किनभने यी राष्ट्रहरू महारानीलाई राष्ट्रप्रमुख मान्ने गर्छन् । अर्कोतिर उत्तर कोरियाले पनि आफ्नो देश जनगणतान्त्रिक राज्य भएको दाबी गर्दछ तर यसको कसौटीमा कहिल्यै यो सफल भएको छैन ।
साम्यवादी शक्तिको उत्कर्षका बेला केन्द्रीय जनतन्त्रको परिकल्पनालाई प्रचार गरिएको थियो । माओवादी चिनियाँ क्रान्तिपश्चात देशका नामकरण पनि जनवादी गणतन्त्रको रूपमा गरियो । सोभियत संघ गणतन्त्रहरूको एकीकृत संघ थियो तर उपरोक्त कुराहरू पाठयपुस्तकमै सिमित थिए । आज पनि जनमानस गणतन्त्र र जनतन्त्रलाई एक अर्काको पयार्यवाची मान्ने गर्दछन् र यिनीहरूको निम्ति एउटै अर्थ हो स्वाधिनता । जनतन्त्र र लोकतन्त्र पर्यायवाची शब्द हुन् ।
दक्षिण छिमेकी भारतले स्वाधीनता प्राप्त गरेपछि त्यतिबेला निकै चुनौतीहरू थिए । अंग्रेजहरूले राष्ट्र विखण्डनको बिउ बोएर गएका थिए । राष्ट्र एकीकरण र राष्ट्रिय एकताको प्रक्रियालाई कायम राख्दै जागरुक तथा विचारधारात्मक प्रयासको निरन्तरता आवश्यक थियो । भारतका तात्कालीन प्रधानमन्त्री पण्डित जवाहरलाल नेहरू र तात्कालीन भारतीय नेताहरूको उदारमना, दूरदर्शिता, त्याग, समर्पण र राष्ट्रप्रेमका कारण यो फलिभूत भएको हो ।
नेहरूको विचारमा लोकतन्त्रमात्रै होइन, गणतन्त्र पनि थियो जसमा बृहतको शासन हुन्छ, साथै समावेशीता पनि, नेहरूको स्पष्ट मान्यता थियो कि भारतमा पाकिस्तानको नीति लागू गर्न सक्दैन, यहाँ निर्वाचनको प्रयोग एउटा हिन्दु भारतको निम्ति होइन, अपितु धर्मनिरपेक्ष भारतको जगलाई बलियो बनाउनका निम्ति गरिनेछ । यसले गर्दा भारत एउटा स्थिर, आधुनिक र लोकतान्त्रिक गणतान्त्रिक बन्न सक्नेछ । भारत लोकतान्त्रिक अथवा गणतान्त्रिक नभई एउटा लोकतान्त्रिक गणतन्त्र हो । नेहरूको गणतन्त्रको अवधारणामा भारतका प्रत्येक नागरिकको आवाज र अधिकारलाई सुरक्षित गर्नु थियो । कुनै एउटा पार्टीको विचार र प्रधानतालाई उनले स्वीकार गरेका थिएनन् ।
भारतको संघीय संरचनाको सफलतालाई उदाहरणीय मानिन्छ । जनताको माग र चाहना अनुसार यहाँ प्रादेशिक संरचनाहरूको विस्तार हुँदै गएको छ । भारतमा भाषा-संस्कृतिको आधारमा पनि प्रादेशिक संरचनाहरू गठन भएको पाइन्छ भने द्रूत एवं सम्यक विकासका लागि भूगोलको आधारमा पनि प्रदेशका एकाइहरूको गठन भएका छन् ।
लोकतन्त्रमा संवाद र छलफलको महत्वलाई उनले बुझेका थिए । आफ्नो सिद्धान्तप्रति दृढ रहँदै उनले अन्य राजनीतिक दलहरूका विचारलाई स्वीकार गर्नमा पनि ठूलो उत्साह देखाउँथे । नेहरूको युगलाई आशा र उपलब्धिले भरिएको युगको रूपमा लिन सकिन्छ । भारतमा जनवादको सुदृढ स्थापना ठूलो उपलब्धि हो, जनवादको स्थापनाको थालनी सन् १९४७ मा संविधान निर्माण प्रक्रियाबाट सुरु भयो र २६ जनवरी १९५० मा संविधान लागू भएपश्चात सन् १९५१–५२ मा भएको पहिलो आमचुनावपश्चात भारतको जनवादले ठूलो फड्को मार्यो ।
भारतको संघीय संरचनाको सफलतालाई पनि उदाहरणीय मानिन्छ । जनताको माग र चाहनानुसार यहाँ प्रादेशिक संरचनाहरूको विस्तार हुँदै गएको छ । भारतमा भाषा-संस्कृतिको आधारमा पनि प्रादेशिक संरचनाहरू गठन भएको पाइन्छ भने द्रूत एवं सम्यक विकासका लागि भूगोलको आधारमा पनि प्रदेशका एकाइहरूको गठन भएका छन् । भारतको धार्मिक, सांस्कृतिक एवं भाषिक विविधतालाई त्यहाँको संविधानले एक सूत्रमा बाँधी राष्ट्रिय एकतालाई सुदृढ बनाएको छ, जनतामा राष्ट्रप्रेम स्वतः नै जागृत भएको छ । यसको ठीकविपरीत सन् १९४७ मा नै धर्मको आधारमा मुसलमानहरूको निम्ति छुटै देश पाकिस्तानको जन्म भयो ।
पाकिस्तानलाई इस्लामिक राष्ट्र पनि घोषित गरियो तर त्यहाँ बंगलाभाषाको सम्मान भएन भन्दै पूर्वी पाकिस्तानका बंगलाभाषीहरूले आफ्नो निम्ति छुट्टै देश बंगलादेशको गठन गरे । विगत ७८ वर्षदेखि पाकिस्तान पनि अस्तित्वमा छ । मुसलमानहरूको देशको रूपमा यसले ख्याति प्राप्त गरेको छ तर न त त्यसले आर्थिक प्रगति गर्न सकेको छ, न त त्यहाँ राजनीतिक स्थायित्व नै छ, न त लोकतन्त्र नै बलियो भएको छ । बंगलादेशमा पनि धार्मिक असहिष्णुता बढेको छ, देशलाई इस्लामी राष्ट्र बनाउने अभियान सुरु भएको छ तर त्यहाँ पनि राजनीतिक अस्थिरता छ, लोकतन्त्र बलियो भएको छैन । पाकिस्तानमा जस्तै त्यहाँ पनि सैन्य हस्तक्षेपको सम्भावना कायमै छ ।
भारत जस्तो बहुलवादी र सामाजिक विषमताले भरिएको देशमा लोकतन्त्र सफल सावित भएको छ तर एउटै धर्म, एउटै भाषा र एउटै संस्कृति लागू गर्ने मनसाय राखेको पाकिस्तान, बंगलादेश र श्रीलंका जस्ता देशले अपेक्षित प्रगति गर्न सकेन । अधिकांश औपनिवेशिक देशहरूमा स्वाधिनताका निम्ति आमजनता मिलेर आन्दोलनमा भाग लिए, राष्ट्रव्यापी आन्दोलन चलाए । तर, देश स्वतन्त्र भएपछि अन्य दलमाथि प्रतिबन्ध लगाउने काम भयो र लामो समयसम्म एउटै पार्टी सत्तामा रहिरहने षड्यन्त्र गरियो तर भारतमा भने अन्य दलको जनाधारलाई विकसित गर्नमा रोक लगाउने काम भएन । त्यसैले त्यहाँको लोकतन्त्र पनि बलियो हुँदै गयो र सेनाले राजनीतिमा चासो देखाएन । क्षेत्रीय राजनीतिक दलहरूको जनाधारमा पनि अभिवृद्ध भएको छ देशमा सुशासन कायम भएको छ र त्यहाँको लोकतन्त्र पनि बलियो भएको छ ।
नेपाल र भारत परम्परागत छिमेकी राष्ट्र छन् । दुई देशका जनताबीचको सम्बन्ध, यसका इतिहासभन्दा पनि पुरानो छ । नेपाल र भारत दुई यस्ता दक्षिण एशियालीभित्र राष्ट्र छन्, जसलाई भूगोल र इतिहास दुवैले एसियाको माग चित्रमा सँगसँगै गाँसिदिएको छ । खुला सिमाना सामाजिक र सांस्कृतिक सम्बन्धले हामीबीचको मित्रतालाई अझ बढी प्रगाढ बनाइदिएको छ । अर्को शब्दमा भन्नुपर्दा यी दुई देशबीचको भौगोलिक सन्निकटता, आर्थिक अन्तर सम्बन्ध राज्यस्तरमा मात्रै सीमित नभई जनस्तरमा पनि कायम छ । यस बहुआयामिक सम्बन्धलाई थप प्रगााढ बनाउन दुवै देशका सरकार, जनता र सामाजिक संघसंस्था समेतले पनि आ-आफ्नो स्तरबाट हरसम्भव सहयोग गर्दै आएका छन् । भारतको सफल गणतान्त्रिक यात्रा, नेपालको लागि पनि उपयोगी र प्रेरणादायी सावित भएको छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच