
(छ) पदाधिकारीको दोहोरो चरित्र :
२०३५ र २०३६ को विद्यार्थी हड्तालका कारण दुई वर्षभित्र सक्नुपर्ने कक्षा सकिएको थिएन । दुई वर्षे कोर्स थियो प्रवीणता प्रमाणपत्र र स्नातकको । स्नातकोत्तर तहको तीन वर्षे थियो । छात्रावासमा बस्नेहरूका लागि समस्या थिएन तर डेढ दुई सय छात्रवृत्तिमा कोठा भाडा तिरी पढ्नुपर्नेहरूको मार्का थियो । निर्धारित समयमा निर्धारित पाठ्यक्रम पूरा नभएको हुनाले सबै विद्यार्थीहरू स्ववियुमा कराउन लागे । मैले सहायक डिन तथा क्याम्पस प्रमुख विद्यानाथ उपाध्यायसँग विद्यार्थीको गुनासो पोखेँ र जसरी पनि चार महिना जतिको थप छात्रवृत्तिको व्यवस्था गर्न आग्रह गरेँ ।
उहाँले कुनै हालतमा नदिने भन्नुभयो । विश्वविद्यालयले दिँदैन, नियम, कानुन अनुरूप हुँदैन भनेर असाध्य जिद्दी गर्नुभयो । विद्यार्थीहरूको आक्रोश चर्को थियो । नेविसंघका साथीहरू त बरू कराउँदैनथे । अखिल पक्षका साथीहरू असाध्य चर्को गरी उपस्थित भए । एक हप्ता यही स्थिति रहृयो । एक साँझ के भनौँ राति आठ बजेतिर अखिल समर्थक तर मेरा अनन्य मित्र लुसुक्क कोठामा आएर भने : पुरु एकछिन् बाहिर बरण्डामा हिँड्न । सानो कुरा छ ।
मैले सूचना पाउनासाथ त्रिविका उपकुलपति डा.महेन्द्र प्रसादलाई फोन गरेँ र भेट्नु जरुरी भएको बताएँ । उहाँले फोनमा नै हिन्दीमा सोध्नुभयो : तुम अखिल हो या नेविसंघ ? मैले भने : नेवि संघसे सभापति हूँ सर । अनि भन्नुभयो : तब तो आना, नौ बजे ।
म केही नभनी निस्किएँ । बाहिर आएपछि उनीहरूले मसिनो स्वरमा भने : भोलि तिमी क्याम्पस नजानू ल । आज प्राचार्यको घर नरदेवीमा हामी अखिलका साथीसँग मिटिङ भएको थियो । उहाँले कुनै पनि हालतमा छात्रवृत्ति नदिने र यसै निहुँमा तिमीहरूले नेविसंघको नेतृत्वलाई विस्थापित गर्न, सभापतिलाई राजीनामा दिन बाध्य पार्नु । म पछाडि छु । अडान राख्नु भन्नुभएको छ । हाम्रा साथीहरूले भोलि क्याम्पसमा तिमीलाई घेर्ने, छात्रवृत्ति दिलाउन असमर्थ भएको भनी मोसो पोत्ने सके पिट्नेसम्मको काम गर्ने भएका छन् । तिमी कुनै हालतमा क्याम्पस नजानू ।
म छक्क परेँ । प्राचार्य हुनुहुन्थ्यो विद्यानाथ गुरु । म उहाँलाई अत्यन्त आदर गर्थें तर पछाडि त्यस्तो योजना बनेछ । उहाँलाई फोन गरेर यो कुरा सोधौं कि जस्तो लाग्यो तर म त्यस साथीको कुरामा विश्वास गर्थें । अघिपछि पनि उनीले अनेक समयमा मद्दत गरेका थिए । मैले उनलाई धन्यवाद दिएँ र विचार गरौँला भनेँ । कोठामा कृष्ण थिए । उनलाई मैले यस कुराको जानकारी दिएँ । साथीहरूलाई सूचित गरेर क्याम्पस जाने र जे पर्छ त्यही गर्ने सल्लाह भयो । अरू साथीहरूलाई पनि भोलिपल्ट क्याम्पस जाँदा सँगै जाने कुरा भयो ।
हरिकृष्ण पौडेल, सूर्यमोहन काफ्ले, सागरमणि पराजुली, प्रेमप्रसाद गैरे, नेत्रप्रसाद न्यौपाने, शालीग्राम शर्मा, शुकदेव न्यौपाने, रोमकान्त न्यौपाने, गणेश नेपाल, हेमनिधि नेपाल, मुकुन्द नेपाल, रुद्रलोचन आचार्य, शम्भु कोइराला, नन्दकृष्ण जोशी, भरत पौडेल, सूर्यकान्त पन्थी, चन्द्रकान्त पन्थी, चूडामणि अर्याल, होमप्रसाद गृहस्थी, कृष्णप्रसाद भट्टराई, बद्रीनाथ अधिकारी, शंकर अधिकारी, गुणराज दाहाल, पुष्पनिधि दाहाल, भूपहरि पौडेल, ध्रुव भट्टराई, गोविन्द भण्डारी, ज्ञानचन्द्र आचार्यसहित रानीपोखरी संमाविमा पढ्दै गरेका र छात्रावासमा बसेका केही भाइहरू सबै मसँगै क्याम्पस जाने सल्लाह भयो रातभरिमा ।
मैले सूचना पाउनासाथ त्रिविका उपकुलपति डा.महेन्द्र प्रसादलाई फोन गरेँ र भेट्नु जरुरी भएको बताएँ । उहाँ बालविशेषज्ञ हुनुहुन्थ्यो । धेरैको मत थियो नेपाली कांग्रेसका नेता सूर्यप्रसाद उपाध्यायसँग उहाँको निकटता छ भनेर । उहाँले फोनमा नै हिन्दीमा सोध्नुभयो : तुम अखिल हो या नेविसंघ ? मैले भने : नेवि संघसे सभापति हूँ सर । अनि भन्नुभयो : तब तो आना, नौ बजे । मेरा घर मालुम है तुम्हे ? मैले उहाँले दिएको लोकेसन अनुमान गरेँ र भोलिपल्ट बिहानै कृष्ण र म पशुपति मित्रपार्कमुनि उहाँको घरमा पुग्यौं । यज्ञजी पनि पुग्नुभएको रहेछ । उहाँले पनि मेराबारे राम्रो सिफारिश गर्नुभयो । मैले चन्द्रलाल झासँग नेपाल टाइम्स्मा काम गरेको पनि बताएँ ।
उहाँले समस्या सुनेपछि छक्क पर्दै भन्नुभयो : तेरो त्यो सहायक डिन (प्राचार्यसमेत उही हुने प्रावधान थियो) के नाउ रे विद्यानाथ । नाम विद्यानाथ लेकिन वो बहुत... लगता हैं । उहाँका अनुसार विद्यानाथ गुरु उपकुलपतिलाई भन्नुहुँदो रहेछ : अहिले छात्रवृत्ति थप गरे बानी बिग्रन्छ । हड्ताल भइरहन्छ अनि कति पटक विद्यार्थीहरूलाई वृत्ति दिन सकिन्छ ? एकपटक झुकेपछि बिग्रन्छ । कुनै हालतमा दिनुहुँदैन । यता हामीलाई भने उपकुलपतिले कुनै हालतमा दिन्न भनेका छन्, कानुन मिल्दैन, नियम मिल्दैन, पैसा छैन भनिरहनुहुन्थ्यो । उल्टो कुरा गर्नुहुँदो रहेछ गुरु त ।
म आज पनि विद्यानाथ गुरुलाई उत्तिकै सम्मान गर्छु । उहाँको विद्वत्ता, पूर्वीय दर्शनमा उहाँको अपार ज्ञान, तन्त्रशास्त्रको मर्मबोध र व्यवहारमा अडान तारिफयोग्य छन् । त्यो एकक्षण जे भए पनि मैले गुरुप्रति कहिल्यै पनि दुर्भावना राखिनँ ।
उपकुलपतिले सोध्नुभयो कति चाहिन्छ होला केही थाहा छ ? मैले हिसाब त गरेको थिइन तर अन्दाजमा भनेँ करिब तीस हजार जति आवश्यक होला । उहाँले रजिष्ट्रारसँग कुरा गर्नुभयो र लेखालाई भन्नुभयो वाल्मीकिका छात्रहरूका लागि आवश्यक रकमको चेक बनाउनु म आएर तोक लगाउनेछु । अनि मलाई उहाँले अराउनुभयो तँ क्याम्पस पुगेर तेरो त्यो विद्यानाथ नामको.......लाई उपकुलपतिको कार्यालय त्रिपुरेश्वरमा पठाउनु म चेक दिएर पठाउनेछु ।
कृष्ण र म प्रसन्न भएर छात्रावासमा फर्कियौं । साथीहरू त जुटिसकेका रहेछन् भीडका साथ क्याम्पस पुग्यौँ । प्राचार्य आइसक्नुभएको रहेछ । म पुग्नासाथ रातिको योजना अनुसार नै होला अखिलका साथीहरूले घेरा हाल्ने प्रयास गरे तर हाम्रा साथीहरू धेरै भएको हुनाले आँट गरेनन् । केही चाहिँ आरआरतिर सहयोग माग्ने चर्चा गर्दै थिए । त्यहाँ अखिलको वर्चस्व थियो । मैले भनेँ : साथीहरू केही छिन् धैर्य गर्नुहोला म प्राचार्यसँग सम्वाद गर्नेछु । परिणाम जे हुन्छ पछि कुरा गरौंला ।
अखिलका साथीहरू ढुक्क थिए केही हुँदैन भन्नेमा । मैले पनि केही थाहा नभए जस्तो गरी गुरुसँग पुनः अनुरोध गरेँ : गुरुजी विद्यार्थीहरू त गुरुहरूका छोराछोरी समान हुन् । उनीहरूका मसिना कष्ट त मेटाउनुपर्छ । तपाईंहरू नै हो हाम्रो अभिभावक । अठ्ठाइस तीस हजारको विषय हो किन व्यवस्था गर्न सकिँदैन ? एकपटक उपकुलपतिसँग भेटेर कुरा गरौँ हुन्न ? तर गुरु त झन् आगो भएर चर्कन लाग्नुभयो : कुनै हालतमा उपकुलपति सहमत हुँदैनन् । उनले एक पैसा पनि नदिने भनेका छन् । म दिन सक्दिन । नियमले पनि मिल्दैन । जे गर्नुपर्छ गर्नू । विद्यार्थीहरूलाई स्ववियुको सभापतिका रूपमा जे भन्ने हो भन्नू । जसरी जे गरी हुन्छ सम्झाउने जिम्मेदारी सभापतिको हो । मेरो होइन ।
मैले छेउमा नै राखेको फोन सेट उठाएँ र उपकुलपति कार्यालयमा फोन लगाएँ । पिएले उठाए र उपकुलपतिलाई दिए । मेरो परिचय दिनासाथ उहाँले भन्नुभयो ः त्यो तेरो चिफलाई फोन दे त । अनि मैले गुरुलाई फोन दिएँ । के कुरा भयो थाहा भएन । उहाँ जुरुक्क उठेर निस्कनुभयो । उहाँ निस्कनु भएपछि अखिलका साथीहरू निकै उत्साहित भएर मसँग बहस गर्न आए । मैले भनेँ : क्याम्पसचिफ उपकुलपति कार्यालय जानुभएको छ, उहाँ आएपछि हामी कुरा गरौंला धैर्य गर्नुहोला ।
आधा घण्टामा नै गुरु झोक्किँदै आउनुभयो, मलाई निकै हप्काउँदै भन्नुभयो : के हो उपकुलपतिसँग पुगेर मेराविरुद्ध बोल्ने ? अनि उहाँले अरू केही नभनी लेखालाई चेक दिनुभयो । समस्या समाधान भयो । मोसो पोत्ने, मलाई पिट्ने तयारीमा जुटेका अखिलका केही साथीहरू हिस्स पर्नुभयो । सायद त्यसको केही दिनपछि नै उहाँले सहायकडिन र प्राचार्य पदबाट राजीनामा गर्नुभए जस्तो लाग्छ । तर, म आज पनि विद्यानाथ गुरुलाई उत्तिकै सम्मान गर्छु । उहाँको विद्वत्ता, पूर्वीय दर्शनमा उहाँको अपार ज्ञान, तन्त्रशास्त्रको मर्मबोध र व्यवहारमा अडान तारिफयोग्य छन् । त्यो एकक्षण जे भए पनि मैले गुरुप्रति कहिल्यै पनि दुर्भावना राखिनँ ।
मेरो दुई वर्षेअवधि पूरा भएपछि कृष्ण ज्ञवाली सभापतिमा निर्वाचित भए । अहिलेसम्म (२०३६ देखि अन्तिम पटकको चुनावपछि २०८१) बीचमा एक पदावधिबाहेक नेपाल विद्यार्थी संघ स्ववियु वाल्मीकिमा निरन्तर विजयी भएको छ । मेरै विद्यार्थी सुदर्शन ढुंगानाले अखिलको सभापतिमा विजयी भएर मैले बसाएको रेकर्ड तोडे पनि नेविसंघका विद्यार्थीहरूको झगडाको परिणाम थियो त्यो । उनीबाहेक त्यस कार्यकालमा अरू सबै पदाधिकारी सदस्यहरू नेविसंघका नै थिए । क्रमशः
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच