
हुम्ला । नेकपा एमाले निकट नेपाल निजामती कर्मचारी सङ्गठन हुम्लाको १२ औं जिल्ला अधिवेशन सम्पन्न भएको छ । शनिबार सिमकोट माथिल्लो बजार मानसरोवर होटेलमा भएको १२ औं अधिवेशनबाट महेन्द्र रोकायाको नेतृत्वमा नयाँ समिति गठन भएको छ ।
अधिवेशनबाट हुम्ला जिल्लाको अध्यक्षमा रोकाया चयन हुनुभएको छ । त्यस्तै उपाध्यक्षमा मेहराज विष्ठ, महिला उपाध्यक्षमा सरीता कार्की, सचिवमा धर्मराज बोहरा, सह सचिवमा मिमसिंह नेपाली, चयन हुनुभएको छ ।
त्यसैगरी सदस्यहरुमा मनप्रसाद शर्मा, लबी रावत, विष्णुभक्त जैसी लगायतका गरी १६ सदस्यीय जिल्ला कार्यसमिति चयन गरिएको छ ।
यस्तै लेखा आयोगतर्फको सदस्यहरुमा भक्तबहादुर शाही, बर्खबहादुर शाही, वीरमान बोहरा चयन हुनुभएको छ । भने प्रदेश प्रतिनिधिमा भक्तबहादुर शाही सहकारी प्रतिनिधि, प्रकाश कुमार खड्का प्रदेश प्रतिनिधि, बर्खबहादुर शाही प्रदेश प्रतिनिधि मनोनीत हुनु भएको छ। त्यसैगरी केन्द्रीय प्रतिनिधिमा भक्तबहादुर शाही, लालप्रसाद ढकाल सहकारी प्रतिनिधि, धन बहादुर रावत केन्द्रीय मनोनीत हुनुभएको छ ।
नेपाल निजामती कर्मचारी सङ्गठनले हुम्लामा कार्यरत निजामती कर्मचारीहरूको हक हितका लागि निरन्तर कार्य गर्ने नवनिर्वाचित अध्यक्ष रोकायाले बताउनुभयो ।
उहाँले भन्नुभयो, ‘हुम्लामा नेपाल निजामती कर्मचारीको नेतृत्व छैन्, कर्मचारी छैन् संगठन छैन् भनेर बजारमा जुन किसिमको हुइया चलाइएको छ त्यसको सत्यता छैन । हुम्लामा मात्रै एमाले निकटका एक सय दुई जना भन्दा बढी कर्मचारी रहेका छन् । विगतमा यो संगठन केही सुस्ताए पनि अब यो नेतृत्वले केही आशा र अपेक्षाका साथ काम गरेर देखाउने र पार्टीको साथ सहयोगको आवश्यक रहेको छ ।’
यस्तै कार्यक्रमका प्रमुख अथिती तथा एमाले जिल्ला पार्टी अध्यक्ष ज्ञामी बुमीले पार्टीको नजिकको संगठन रहेको बताउनुभयो ।
अधिवेशनमा नेपाल निजामती कर्मचारी सङ्गठनका केन्द्रिय सदस्य गीता लामा, एमाले कर्णाली प्रदेश कमिटी सदस्य डबल रावत, एमालेका अग्रज नेता लोक बहादुर हमाल, जिल्ला पार्टी उपाध्यक्ष प्रकाश बहादुर शाही, जिल्ला पार्टी सचिव तीर्थराज बोहरा, पूर्ण बहादुर रावत लगायत विभिन्न कार्यालयमा कार्यरत कर्मचारीहरुको उपस्थित रहेको थियो ।

बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच