
काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को केन्द्रीय समिति बैठक आज पनि जारी रहनेछ ।
शुक्रबारदेखि धुम्बाराहीस्थित एसआर बैंन्क्वैटमा सुरू भएको बैठक एक दिन लम्बिएर आजसम्म जारी रहने भएको हो ।
जारी बैठकमा पछिल्लो समसामयिक राजनीति, पार्टीको आन्तरिक र सांगठनिक परिस्थिति, वैशाख मसान्तसम्ममा सबै जिल्ला अधिवेशन गर्ने लगायतका विषयमा छलफल भइरहेको जनाइएको छ ।
अध्यक्ष राजेन्द्र लिङदेनले प्रस्तुत गरेको भावी राजनीतिक दिशासहित सांगठनिक अवस्था र जिल्ला अधिवेसनहरूका बारेमा छलफल जारी रहने भएको छ ।
धारणा राख्ने क्रम नसकिएकाले आजको बैठकमा बाँकी केन्द्रिय सदस्यहरूले धारणा राख्ने क्रम जारी रहने प्रचार विभाग प्रमुख मोहन श्रेष्ठले जानकारी दिनुभयो ।

बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच