
काठमाडौं । म्यानचेस्टर सिटीले चेल्सीविरुद्ध ३–१ गोल अन्तरको शानदार जित निकालेको छ। यो जितसँगै इङ्लिस प्रिमियर लिगको अंक तालिकामा सिटी चौथो स्थानमा उक्लिएको छ।
गएराति भएको खेलको तेस्रो मिनेटमा पहिलो खेल खेलिरहेका अब्दुकोरबिर खुसानोभले चेल्सीलाई अग्रता दिलाएका थिए । जोस्को डिभार्डियोलले खेलको ४२ औँ मिनेटमा रिबाउन्डमा पाएको अवसरलाई उपयोग गर्दै सिटीलाई खेलमा फर्काएका थिए।
खेलको ६८ औँ मिनेटमा एर्लिङ हलान्डले चेल्सीका गोलरक्षक रोबर्ट साँचेजको गल्तीको फाइदा उठाउँदै सिटीलाई अग्रता दिलाए। ८७ औँ फिल फोडेनले चेल्सीका लागि अन्तिम गोल गरे।
४१ अङ्क रहेको सिटीले गोल अन्तरमा न्यूक्यासललाई पछि पार्दै चौथो स्थानमा उक्लेको हो। चेल्सी ४० अङ्कसहित छैटौँ स्थानमा छ।

बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच