
काठमाडौं । लिभरपुलले इङ्लिस प्रिमियर लिगमा अर्को जित दर्ता गरेको छ । कोडी गाक्पोको दुई गोलमा लिभरपुलले शनिबार राति भएको खेलमा इप्वसविचलाई ४–१ ले हराएको हो।
खेलको ११ औँ मिनेटमा इब्राहिमा कोनाटेको पासमा डोमिनिक जोबोस्लाईले लिभरपुललाई अग्रता दिलाएका थिए। पहिलो हाफ सकिन १० मिनेट बाँकी रहँदा मोहम्मद सलाहले अर्को गोल गरेपहिलो हाफको अन्तिम समय अर्थात् खेलको ४४ औँ मिनेटमा गाक्पोले पाएको सहज अवसरलाई उपयोग गरे। दोस्रो हाफको ६५ औं मिनेटमा उनले नै अर्को गोल गरे।
खेलको अन्तिम अर्थात् ९० औं मिनेटमा इप्सविचका लागि ज्याकोब ग्रेभेसले सान्तवना गोल गरे।जितसहित लिभरपुलले ५३ अङ्क छोडेको छ। तालिकाको दोस्रो स्थानको आर्सनल भन्दा लिभरपुल ६ अंकले अगाडि छ। लिभरपुलसँग् पराजित इप्सविच तालिकाको पुछारबाट तेस्रो स्थानमा छ।

बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच