
अछाम । अछाममा दुई किशोरी मृत फेला परेका छन् । शुक्रबार देखि बेपत्ता रहेका ढकारी गाउँपालिका–८ का कमल खड्काकी छोरी ईश्वरी खड्का र सोही ठाउँका उदय खड्काकी छोरी सरस्वती खड्का शनिबार बेलुकी मृत फेला परेका हुन् ।
उनीहरु दुवै जना वडा नम्बर १ को जंगल क्षेत्रमा मृत फेला परेको प्रहरीले जनाएको छ । ईश्वरी र सरस्वती शुक्रबार बिहान खाना खाएर गाईबाख्रा चराउन जंगल गएका थिए ।
शुक्रबार अबेरसम्म पनि घर नफर्किएपछि आफन्तहरु खोजीमा जुटेका थिए । सोही क्रममा शनिबार साँझ उनीहरु भुइँमा लडिरहेको अवस्थामा फेला परेका हुन् ।
थप अनुसन्धानका लागि डिएसपी ईश्वरी प्रसाद भण्डारी नेतृत्वको टोली घटनास्थल गएको छ ।

बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच