मन्त्री महर्जनद्वारा राईजिङ भरतपुर गोल्डकपको उद्घाटन

हिमालय टाइम्स
Read Time = 2 mins

-मन्जिता मैनाली

चितवन । चितवन ११ फुटबल क्लबको आयोजनामा मिन्नानो राईजिङ भरतपुर गोल्डकप सुरु भएको छ । शनिबार बागमती प्रदेशका युवा तथा खेलकुदमन्त्री मिनकृष्ण महर्जनले प्रतियोगिताको उद्घाटन गर्नुभएको हो।

उद्घाटन समारोहलाई सम्बोधन गर्दै मन्त्री महर्जनले बागमती समग्र खेलकुद क्षेत्रको विकासका लागि आवश्यक सहयोग समन्वय गर्न बागमती सरकार तयार रहेको बताउनुभयो । उहाँले आगामी वर्षको बजेटमा चितवनको खेलकुद पूर्वाधार निर्माणको विषयलाई प्राथमिकता दिइने बताउनुभयो । राज्यले खेलाडीहरुको उचित सम्मान गर्न नसक्दा विदेश पलायन हुन बाध्य भइरहेको भन्दै उनले आफ्नो कार्यकालमा खेलाडीको हितका लागि थुप्रै काम गर्ने योजना अघि सारेको प्रष्ट पार्नुभयो ।

उद्घाटन खेलमा आँबुखैरेनी गाउँपालिका विजयी भएको छ । आँबुखैरेनीले पेन्गुईन् भरतपुर २४ लाई ३-२ ले हराएको हो । नेपाल प्रहरी शिक्षालयको मैदानमा भएको खेलमा आँबुखैरेनीलाई जिताउन योमी फाकुमे, शन्त बहादुर गुरुङ र आकाश थापाले गोल गरे । भरतपुर २४ का गणेश हमाल र आशिष तामाङले गोल गरे पनि हार टार्न सकेनन् । आँबुखैरेनीका कप्तान शान्त प्लेयर अफ दि म्याच भए ।

यो जितपछि आँबुखैरेनी प्रतियोगिताको सेमिफाइनल प्रवेश गरेको छ । प्रतियोगितामा आइतबार बागमती युथ क्लब सर्लाही र सूर्यपुर एफसी कालिका भिड्नेछन् । १९ गतेसम्म चल्ने प्रतियोगिताको विजेताले ट्रफीसहित सात लाख रुपैयाँ प्राप्त गर्नेछ भने उपविजेताले तीन लाख प्राप्त गर्नेछ । प्रतियोगितामा ए डिभिजनसहित ८ टोली सहभागी छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?