भोजपुरमा साढे आठ हजारलाई एचपिभी खोप लगाउने तयारी

निरोज कोइराला भोजपुर, संवाददाता
Read Time = 3 mins

भोजपुर । पहाडी जिल्ला भोजपुरमा ‘ह्युमन पापिलोमा भाइरस’ (एचपिभी) खोप अभियानअन्तर्गत करिव साढे आठ हजारलाई खोप लगाईने भएको छ । खोप कार्यक्रम संचालनका लागि अहिले पालिकास्तरीय खोप कार्यकर्ताहरुलाई तालिमसमेत संचालन भईरहेको छ ।

स्वास्थ्य कार्यालय भोजपुरकाअनुसार पाठेघरको क्यान्सरविरुद्ध दिईने एचपिभी खोप विद्यालयमा अध्ययनरत किशोरीहरुलाई लगाइने भएको हो । नौ स्थानीय तह रहेको भोजपुरमा आठ हजार चार सय १९ जनालाई एचपिभी खोप लगाउन लागिएको स्वास्थ्य कार्यालयका प्रमुख राजु श्रेष्ठले जानकारी दिनुभयो । खोप अभियान सञ्चालनका लागि जिल्लाका एक सय ३५ विद्यालय, नौ स्थानीय तहका ८१ वटै वडा, ८१ वटा स्वास्थ्य संस्था र नौ वटा समुदाय स्तरीय खोप केन्द्र गरी दुई सय २५ खोप केन्द्र निर्धारण गरिएको प्रमुख श्रेष्ठले बताउनुभयो । जसका लागि दुई सय २५ जना स्वास्थ्यकर्मी र चार सय ५० जना स्वयम सेवक परिचालन गरिने छ ।

खोप कार्यक्रमका लागि अहिले खोप कार्यकर्ताहरुलाई पालिकास्तरीय तालिम पनि संचालन भई रहेको छ । अभियानअन्तर्गत षडानन्द नगरपालिका एक हजार पाँच सय तीन, भोजपुर नगरपालिका एक हजार तीन सय १०, रामप्रसाद राई गाउँपालिका नौ सय २९, आमचोक गाउँपालिका आठ सय ६९, साल्पासिलिछो गाउँपालिका आठ सय ४९, हतुवागढी गाउँपालिका सात सय ८६, टेम्कैमैयुङ गाउँपालिका सात सय ८२, अरुण गाउँपालिका सात सय ७१ र पौवादुङमा गाउँपालिकाका छ सय २० जनालाई पाठेघरको क्यान्सरविरुद्ध दिईने एचपिभी खोप लगाईने स्वास्थ्य कार्यालय भोजपुरले तथ्यांक बनाएको छ ।

कक्षा छ देखि १० सम्म अध्ययरत तथा विद्यालयबाहिर रहेका १० देखि १४ वर्षसम्मका किशोरीलाई एचपिभी खोप दिन लागिएको हो । एचपिभी विरुद्धको खोपले पाठेघरको मुखको क्यान्सर, गुदद्वारको क्यान्सर, घाँटी र जनेन्द्रियहरूको क्यान्सरबाट बचाउने स्वास्थ्यकर्मीको भनाई रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?