काठमाडाैं । प्यालेस्टिनी इस्लामिक हमास आन्दोलनले शनिवार इजरायली वन्धकहरूको दोस्रो समूहलाई मुक्त गरेको छ । जसमा चार महिला, लिरी अल्बाग, करिना एरिभ, डेनिला गिल्बोआ र नामा लेवी रहेका छन् ।
गाजामा रहेको अन्तर्राष्ट्रिय रेडक्रस समितिलाई हस्तान्तरण गरिएको हमासले जनाएको छ । १९-२० वर्ष उमेरका चार इजरायली सेना पर्यवेक्षकहरूलाई हमासले अक्टोबर ७, २०२३ मा गाजापट्टी सीमा नजिकै नाहल ओजमा रहेको इजरायली सेनाको निगरानी आधारबाट अपहरण गरेको थियो ।
चार इजरायली वन्धकहरूलाई शनिवार इजरायल रक्षा बल र इजरायल सुरक्षा एजेन्सीमा स्थानान्तरण गरिएको थियो । वन्धक रिहाई हमास र इजरायल बीचको कैदी-वन्धक आदानप्रदानको दोस्रो चरणको अंश हो । जुन युद्धविराम सम्झौताको प्रारम्भिक शर्तहरूअन्तर्गत लागू गरिएको थियो । ६ हप्ताको युद्धविरामको पहिलो चरण जनवरी १९ मा लागू भएको थियो ।
इजिप्ट, कतार र संयुक्त राज्य अमेरिकाको मध्यस्थतामा भएको वार्ताको परिणामस्वरूप १५ महिनाको लडाईंपछि हमास र इजरायलबीच युद्धविराम सम्झौता भएको थियो ।
- सिन्ह्वाको सहयोगमा न्युज एजेन्सी नेपालले तयार पारेको समाचार सामग्री ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच