
-शुभाकर विश्वकर्मा
नेपालगञ्ज । बाँकेका विभिन्न पालिकामा नयाँ कुष्ठरोगका संक्रमित फेला परेका छन् । पछिल्लो पाँच महिनाको अवधिमा ३६ जना नयाँ कुष्ठरोग संक्रमित फेला परेका हुन् ।
चालु आर्थिक वर्ष २०८१/०८२ को साउनदेखि मंसिर महिनासम्म ३६ जना संक्रमित फेला परेको स्वास्थ्य कार्यालय बाँकेले जनाएको छ ।
कुष्ठरोग फोकल पर्सन रविन्द्र शाहले ती मध्ये २३ जना पुरुष र १३ जना महिला गरी ३६ जना फेला परेको जानकारी दिनु भयो ।
उहाँका अनुसार सबैभन्दा बढी कोहलपुरका १० जना संक्रमित रहेका छन् । आर्थिक वर्ष २०८१/०८२ को पहिलो ६ महिनामा ९ हजार ६ सय १४ जनालाई बहिरंग सेवा दिएको उहाँले बताउनुभयो ।
बाँकेसहित बर्दिया, सुर्खेत, दैलेख, जाजरकोट, दाङ, सल्यान, रुकुम, सुदुरपश्चिम प्रदेश र भारतका गरी कुल ५८ जना नयाँ कुष्ठरोगी पहिचान तथा प्रेशन गरिएको शाहीले जानकारी दिनुभयो ।
यसैगरी ७९ जना अन्तरंग सेवामा भर्ना, ४ सय ७३ जनालाई कुष्ठरोगी निदान तथा अनुगमनको लागि प्रयोगशाला परीक्षण लगायत कार्य गरिएको छ । अस्पतालमा अहिले १४ जना बिरामी भर्ना भएर उपचार गराइरहेका छन् । ‘कुष्ठरोगको जटिलता भएर उपचारका लागी आउनु भएको हो, उहाँहरु विभिन्न जिल्लाबाट आउनु भएको छ,’ उहाँले बताउनुभयो ।
स्वास्थ्य कार्यालय बाँकेका प्रमुख अंगदबहादुर शाहीले जबसम्म कुष्ठरोगका बिरामीको संख्या घट्दैन, तबसम्म चुनौती नै रहेको बताउनुभयो । ‘समुदायमा अहिले पनि कुष्ठरोगलाई लुकाउने प्रवृत्ति रहेको छ,’ शाहीले भन्नुभयो । राष्ट्रिय स्तरमा कुष्ठरोग निवारण भएको घोषण भएपनि प्रदेश, जिल्ला र स्थानीय तहमा कुष्ठरोग संक्रमण दर वर्षेनी बढिरहेको उहाँको भनाइ छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच