
सर्लाही । नेकपा माओवादी केन्द्र सर्लाहीले मोटरसाइकल र्याली सहित डिभिजन वन कार्यालयको गेटमा प्रदर्शन गरेको छ ।
आइतबार जिल्लाका विभिन्न स्थानबाट डिभिजन वन कार्यालय पुगेका सुकुम्वासी, स्थानीय तथा माओवादी केन्द्रका नेता कार्यकर्ताले नारावाजीसहित प्रदर्शन गरेका हुन् । बागमती नगरपालिकाका मेयर भरतकुमार थापा, उपमेयर लिला कुमारी मोक्तानसहित केही कर्मचारीबिरुद्ध डिभिजन वन कार्यलय मुद्धा दर्ता गर्ने तयारी गरेको भन्दै आन्दोलन गरेको माओवादी केन्द्रका सर्लाही इन्चार्ज अच्युतम काफ्लेले बताउनु भयो ।
राजनीतिक प्रतिशोध साँधेर सरकारले जनप्रिय मेयर-उपमेयर विरुद्ध झुटा मुद्दा लगाएर फसाउन खोजेको पार्टीको आरोप छ । पूर्व निर्धारित विरोध कार्यक्रम अन्तरगत सर्लाहीले पुर्व पश्चिम राजमार्ग स्थित पश्चिममा बागमती पुतलीचोकदेखि पूर्वमा फुलजोर खोला पुलसम्म सयाैँको संख्यामा मोटरसाइकल र्यालीसहित प्रदर्शन गरेको माओवादी केन्द्रले जनाएको हो ।
मोटरसाइकल र्याली पछि सो समूहले केहीबेर लालबन्दीमा रहेको डिभिजन वन कार्यालय घेराउ गरेको थियो । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेपछि हाल मेयर थापा र उपमेयर मोक्तान निलम्बित अवस्थामा छन् ।
नगर स्थानीय सरकार संचालन ऐनले गरेको व्यवस्था अनुसार बागमती नदीले छाडेको नदी उकास जमिनलाई तालमा रुपान्तरण गरेर नगरको आयआर्जन पर्यटकीय र वातावरणीय हिसावले प्रयोग गरेको उल्लेख गर्दै आएको छ ।
जनप्रतिनिधि निर्वाचित हुनु पूर्व नै सागरनाथ वन परियोजना र डिभिजन वन कार्यलयले राखेका सुकुम्वासीलाई स्थानीय सरकारले व्यवस्थापन गरेको विषयलाई अतिरंजित तुल्याएर अतिक्रमको झुटो मुद्धा लगाउने काम गरेको उनीहरुको अरोप छ ।
यसै विषयमा माओवादी केन्द्रले मधेस प्रदेशका मुख्यमन्त्री र वनमन्त्रीलाई ज्ञापनपत्र बुझाउँदै जनप्रतिनिधिलाई झुटा मुद्दामा फसाउने षड्यन्त्र नरोकिए चरणबद्ध आन्दोलन गर्ने चेतावनी दिएको थियो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच