
खोटाङ । प्रेस चौतारी जिल्ला शाखा खोटाङको अध्यक्षमा राजन ठटाल सर्वसहमत चयन हुनुभएको छ ।
दिक्तेलस्थित होटल शुभदिनमा आईतबार सम्पन्न छैटौं जिल्ला अधिवेशनबाट रावाबेंशी गाउँपालिका–१ कुभिण्डेका ठटाल सर्वसहमत अध्यक्षमा चयन हुनु भएको हो ।
ठटालको अध्यक्षतामा ११ सदस्यीय जिल्ला कार्य समिति चयन गरिएको छ । चौतारीको उपाध्यक्षमा पवन राई, महिला उपाध्यक्षमा अस्मिता खत्री, सचिवमा सन्तोष पौडेल, सह–सचिवमा प्रतिरोध आचार्य र कोषाध्यक्षमा लक्ष्मी अधिकारी चयन हुनुभएको छ ।
टिवन राई, प्रमेश ढकाल, भुवन कटुवाल, रामप्रसाद राई र प्रेम श्रेष्ठ सदस्यमा चयन भएको प्रेस चौतारीले जनाएको छ ।
अधिवेशनकै अवसरमा कोशी प्रदेशका सामाजिक विकासमन्त्री पाँचकर्ण राई पीके, पत्रकार महासंघ खोटाङका निवर्तमान अध्यक्ष दिलीप खत्री, पूर्वअध्यक्ष दमन राई र कोशी प्रदेश परिषद सदस्य केदार मगरलाई दोसल्ला ओढाई सम्मान पत्र दिएर सम्मान गरिएको छ ।
अधिवेशनको नेकपा एमालेका पोलिटब्यूरो सदस्य विशाल भट्टराईले उदघाटन गर्नुभएको थियो ।
उक्त कार्यक्रममा नेकपा एमालेका केन्द्रीय सदस्य खगेन्द्र राई, उषाकला राई, प्रेस चौतारीका केन्द्रीय सदस्य एवंम् कोशी प्रदेश सह–इन्चार्ज हरिबोल आचार्य, नेकपा एमाले जिल्ला अध्यक्ष देबविक्रम राई, कोशी प्रदेश समिति सचिवालय सदस्य विणादेबी राई, कोशी प्रदेश लेखा समिति सचिव ओमप्रकाश घिमिरे,वरिष्ठ पत्रकार कृष्ण आचार्य लगायतको उपस्थिति थियो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच