
तनहुँ । तनहुँको भानु नगरपालिकास्तरीय छैटौं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको उपाधि विद्या निकुञ्ज माध्यमिक विद्यालयले जितेको छ । भानु-९ काउरेटारस्थित खेलमैदानमा भएको प्रतियोगितामा विद्या निकुञ्जले छ स्वर्ण, एक रजत र दुई कांस्य गरी नौ पदकसहित उपाधि जित्न सफल भएको हो ।
भानु-९ डुम्रीखर्कस्थित कालिका माध्यमिक विद्यालयले पाँच स्वर्ण, छ रजत र चार कांस्य गरी १५ पदक प्राप्त गरी द्वितीय स्थान प्राप्त गरेको छ । भानु-९ बाइसजागरस्थित कर्मदा माध्यमिक विद्यालयले चार स्वर्ण, तीन रजत गरी सात पदक प्राप्त गर्दै तृतीय भएको छ ।
प्रतियोगितामा २४ विद्यालय सहभागी थिए । ३० स्वर्ण पदक रहेकामा ११ विद्यालयले स्वर्ण पदक जित्न सफल भएका थिए । विद्या निकुञ्जले रनिङ शिल्डसहित नगद पुरस्कार २५ हजार रुपैयाँ, ट्रफी र प्रमाणपत्र प्राप्त गरेको शिक्षा, युवा तथा खेलकुद शाखा प्रमुख ध्रुवराज पौडेलले जानकारी दिनुभयो ।
त्यसैगरी कालिकाले २० हजार, ट्रफी र प्रमाणपत्र तथा कर्मदाले १५ हजार रुपैयाँ, ट्रफी र प्रमाणपत्र प्राप्त गरेको छ । प्रतियोगितामा विजेता विद्यालय तथा विद्यार्थीलाई नगरप्रमुख आनन्दराज त्रिपाठी, उपप्रमुख उमा गोतामेलगायतले पुरस्कार प्रदान गर्नुभएको थियो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच