काठमाडौं । ग्रेड हिमालय क्रिकेट एकेडेमीले टिप टप इण्डो नेपाल टी-२० क्रिकेटमा विजयी सुरुवात गरेको छ । डिएभी सुशील केडिया विश्व भारतीय स्कुलको आयोजनामा आइतबारबाट सरु भएको उद्घाटन खेलमा हिमालयनले विजयी सुरुवात गरेको हो ।
मूलपानी क्रिकेट मैदानमा (तल्लो) हिमालयनले दिएको १८३ रनको लक्ष्य पछ्याएको एक्सिलेन्ट क्रिकेट सेन्टरले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १४० रनमात्रै बनाउन सक्यो । उसका लागि देवास लामिछानेले २५ बलमा २७ रन बनाउँदा रौनक शाहीले १९ बलमा २४ रन बनाउनुभयो । यता, हिमालयनका लागि सुिप्रम सुनुवारले तीन विकेट लिँदा उद्धव श्रेष्ठले एक विकेट हात पार्नुभयो ।
त्यसअघि पहिले ब्याटिङ गरेको हिमालयनका लागि भ्यान्स क्षेत्रीले शतकीय पारी खेल्नुभएको थियो । उहाँ ७० बलमा १०९ रनमा अविजित रहनुभयो । यस्तै, अभि थपलियाले ३९ बलमा ४३ रनको योगदान दिनुभयो । यता, एक्सिलेन्टका लागि रविन बस्नेतले एक विकेट हात पार्नुभयो ।
माघ १८ गतेसम्म सञ्चालन हुने प्रतियोगितामा कुल ६ टोलीको सहभागिता छ । यस्तै, प्रतियोगिताको मुख्य प्रायोजक टिप टिप छ । प्रतियोगितामा १६ वर्षमुनिका र कक्षा १० सम्म अध्ययनरत विद्यार्थीले सहभागिता जनाउन पाउनेछन् । लिग कम नकआउटका आधारमा खेलाइने प्रतियोगिताका सबै खेल तल्लो मूलपानी क्रिकेट मैदानमा हुनेछन् ।
प्रतियोगितामा बोलपुर युथ टाउन, वेस्ट बंगाल, ग्रेट हिमालयन क्रिकेट एकेडेमी, डिएभी क्रिकेट एकेडेमी, नेक्सस क्रिकेट एकेडेमी र एन्जल्स स्पोट्र्स एकेडेमीको सहभागिता रहनेछ । प्रतियोगिताको उद्घाटन सुशील केडिया विश्व भारतीय स्कुलका अध्यक्ष अनिल केडियाको प्रमुख आतिथ्यमा भएको थियो । समारोहमा बोल्दै केडियाले प्रतियोगिताले अन्तर्राष्ट्रिय खेलाडी उत्पादनमा महत्वपूर्ण भूमिका निभाउने विश्वास व्यक्त गर्नुभयो ।




बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
नाती मेरो साथी
राजनीतिक नेतृत्व अभिभावक बन्ने कि