काठमाडौं । चैत्र १५ देखि देशभरका सिनेमाघरमा आउने तयारीमा रहेकोे चलचित्र ‘डोरी’को नयाँ पोस्टर सार्वजनिक गरिएको छ । सार्वजनिक पोष्टरमा चलचित्रका प्रमुख कलाकारहरू प्रवीण खतिवडा, शिशिर बाङ्देल, प्रकाश घिमिरे, अरुण लामा, अञ्जना बराइली, राज पौडेल, कविता आले, नुतन र राज थापालाई प्रस्तुत गरिएको छ ।
सार्वजनिक पोष्टरले चलचित्र हास्य, संघर्ष, र गम्भीर भावनाहरूको मिश्रण रहेको संकेत गर्दछ । पोस्टर डिजाइन विजय बस्यालले गर्नुभएको हो । ‘डोरी’को लेखन तथा निर्देशन अरुण लामाले गर्नुभएको हो । यसमा वीरेन्द्र सिंह कुशवाहाको अभिनय छ ।
चलचित्रको निर्माता दिनेश भट्टराई हुनुहुन्छ भने कार्यकारी निर्माताको रूपमा राज थापा रहनुभएको छ । ‘डोरी’मा स्क्रिप्ट डाक्टर मनोज पण्डित हुनुहुन्छ भने मुख्य सहायक निर्देशक दिनेशबहादुर रावत, एक्सन निर्देशक राजु तामाङ, संगीत निर्देशक राजनराज सिवाकोटी, कला निर्देशक रोशन दिवाना, स्थल ध्वनि रेकर्डिस्ट किशोर खनाल, सम्पादक मिलन श्रेष्ठ र रंग संयोजन रेनीश फागोको छ ।







बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच