झापा । नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौलाले राजा फालेर मुलुकमा लोकतन्त्र र गणतन्त्र ल्याउने सामर्थ्य राखेका राजनीतिक दलले आफैँले गरेको संघर्ष, आदर्श र सिद्धान्त भुल्दै गएको बताउनुभएको छ ।
गृहजिल्ला झापाको बिर्तामोडमा आयोजित कांग्रेसको सय दिने अभियान अन्तरगतको नगर भेलालाई आइतबार सम्बोधन गर्दै उहाँले राजा हुँदा र नयाँ व्यवस्थाका बीचमा आफू कहाँ छु भनेर सोच्न दलहरूले ढिला गर्न नहुने तर्क गर्नुभयो ।
‘अहिले राजनीति ट्रयाक बाहिर गएको छ, दलहरूले आफैँले गरेको क्रान्ति, संघर्ष र बलिदान बिर्सन मिल्दैन’ नेता सिटौलाले भन्नुभयो, ‘राम्रोलाई राम्रो र खराबलाई खराब भन्न सके मात्रै राजनीति ट्रयाकमा आउँछ ।’
क्रियाशील सबै दलमा विकृति आएको उल्लेख गर्नुभएको नेता सिटौलाले बिचारले संगठन निर्माण हुन्छ , संगठन जोगाउन चुनौती छ, त्यही चुनौती जोगाउन नसक्नु अहिलेको विकृतिको जड भएको बताउनुभयो । कांग्रेस र एमालेको सरकार बनेपछि धेरैलाई असैय भएको बताउनु भएको उहाँले माओवादी, रास्वपासहितको सरकार असफल भएपछि कांग्रेस ( एमालेको सरकार बनेको स्पष्ट पार्नुभयो ।
‘मुलुकमा केही नभएको होइन, धेरै र पर्याप्त काम भएको छ’ उहाँले भन्नुभयो, ‘केही काम नै भएको छैन भन्ने चाहिँ होइन, तर जनताको हितमा धेरै र ठूलो काम गर्न बाँकी छ ।’
राम्रो जे काम गरे पनि कांग्रेसले नै गर्ने उहाँको भनाइ छ । कांग्रेस, कांग्रेसका लागि नभई जनताको इच्छा र चाहनाका लागि भएको बताउँदै उहाँले कांग्रेस एकतबद्ध हुनु पर्नेमा जोड दिनुभयो ।
‘कांग्रेस जनमतका आधारमा प्रतिनिधिसभा, प्रदेशसभा, स्थानीय तहमा सबैभन्दा ठूलो पार्टी हो’ उहाँले भन्नुभयो, ‘हामीले आफू अनुशासित भएर अरुलाई राजनीतिक संस्कार सिकाउनुपर्छ ।’
नेता सिटौलाले अनुशासित र जनताप्रति समर्पित भएर जनमुखी कार्य गर्न कार्यकर्तालाई आग्रहसमेत गर्नुभयो।
आइतबार नै नेता सिटौलाले कांग्रेस झापाका तत्कालीन सचिव लक्ष्मण खड्का पत्नी अञ्जु, छोराछोरीद्वय आशुतोष र आयुषाले कांग्रेस बिर्तामोड नगर समितिलाई निशुल्क उपलब्ध गराएको एक करोड एक कठ्ठा जग्गामा लक्ष्मण स्मृति भवनको शिलान्यास गर्नुभयो ।
उहाँले टोरुप प्रसाईंको परिवारले महानन्दचोकमा उपलब्ध गराएको तीन कठ्ठा जग्गामा कांग्रेस झापाको जिल्ला पार्टी कार्यालय निर्माण भएको बताउँदै जग्गादाता प्रसाईं र खड्का परिवारको खुलेर प्रशंसा गर्नुभयो ।







समता शुल्क फिर्ता भएपछि निजी
वडाध्यक्ष सञ्जय पटेल पक्राउ
पूर्व महानिर्देशक प्रदीप अधिकारीविरुद्ध भ्रष्टाचार
गण्डकीमा ट्राफिक कारबाहीबाट डेढ करोडभन्दा
कीर्तिपुरमा कारभित्र जलेर मृत्यु हुने
बिजुलीमा लगाइएको मूल्य अभिवृद्धि कर