
काठमाडौं । सभामुख देवराज घिमिरे र संसदमा प्रतिनिधित्व गर्ने प्रमुख राजनीतिक दलका मुख्य सचेतक र प्रमुख सचेतकबीच छलफल सुरू भएको छ।
सिंहदरबारस्थित सभामुखको कार्यकक्षमा दलका मुख्य सचेतक र प्रमुख सचेतकहरूसँग छलफल सुरु भएको सभामुखका प्रेस सल्लाहकार शेखर अधिकारीले जानकारी दिनुभयो।
संसद्को हिउँदे अधिवेशनअघि सभामुख घिमिरेले संसद सञ्चालन र यसको तयारीबारे विभिन्न दलका प्रतिनिधित्वहरूसँग छलफल जारी राख्नुभएको थियो ।
आइतबार पनि सभामुख घिमिरेले सत्तारुढ दल र विपक्षी दलका प्रमुख सचेतकहरूसँग छलफल गर्नुभएको थियो ।
सभामुख घिमिरेले नेपाली कांग्रेस, नेकपा एमाले, नेकपा माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का प्रमुख सचेतक र सचेतकहरूसँग छलफल गरिसकेपछि राजनीतिक सहमतिमा कार्यव्यवस्था परामर्श समितिको बैठकबाट निर्णय गरेर प्रतिनिधि सभाबाट नियमावली मस्यौदा समिति घोषणा गर्ने तयारी छ ।
संसद अधिवेशन यही माघ १८ गतेबाट सुरु हुँदैछ । अधिवेशन सुरु भए लगत्तै नियमावली संशोधन मस्यौदा समिति गठन गर्ने दलहरूको तयारी छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच